कला


काठमाडौंमा हुने सलमान खानको कन्सर्ट हेर्न ४ किसिमका टिकट, मन्त्री आलेले लिए

काठमाडौंमा हुने सलमान खानको कन्सर्ट हेर्न ४ किसिमका टिकट, मन्त्री आलेले लिए

फाइल तस्बिर


नेपालखबर
चैत १२, २०७८ शनिबार १३:४६, काठमाडौँ

बलिउड अभिनेता सलमान खान आगामी जेठ १४ गते नेपाल आउँदै छन्। ओडीसी इन्टरटेनमेन्टले काठमाडौंमा आयोजना गर्ने कन्सर्टका लागि सलमान नेपाल आउने भएका हुन्। 

दशरथ रंगशालामा आयोजना गरिने कन्सर्टमा नेपाली कलाकार पनि सहभागी हुने आयोजकले जनाएको छ। सलमानको कन्सर्ट हेर्न ५ हजारदेखि २५ हजार रुपैयाँसम्मको शुल्क तोकिएको छ।

अनलाइनमार्फत टिकट लिने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले टिकट काटेर यसको उद्घाटन गरिसकेका छन्। उनले ५ हजार रुपैयाँको टिकट लिएका हुन्। 

सलमान सहभागी हुने सांस्कृतिक कार्यक्रममा चार किसिमका टिकट व्यवस्था गरिएको आयोजकले जनाएको छ।

जसअनुसार ५ हजार, १० हजार, १५ हजार र २५ हजार रुपैयाँ दरका टिकट लिन सकिनेछ। 

यो पनिपर्यटनमन्त्री प्रेम आलेसँग सलमान खानले भने: नेपालमा सुटिङ गरेको फिल्म प्रदर्शन नै भएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad