कला


तीन अभिनेत्रीको ३ करोड सिभिल सहकारीले ठग्यो : उठाइदिन सरकारसँग गुहार

तीन अभिनेत्रीको ३ करोड सिभिल सहकारीले ठग्यो : उठाइदिन सरकारसँग गुहार

नेपालखबर
चैत १, २०७८ मंगलबार १४:३६, काठमाडौँ

नेपालका तीन वरिष्ठ अभिनेत्रीहरुको झण्डै ३ करोड रुपैयाँ एक सहकारीमा पसेको छ।

सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडबाट पीडित भएको भन्दै कलाकार संघले सरकार गुहारेको छ।

कलाकार संघले एक विज्ञप्ति निकाल्दै वरिष्ठ अभिनेत्री वसुन्धरा भुसाल, चैत्यदेवी सिंह, अञ्जन रञ्जितकारले उक्त सहकारीमा बचत गरेको पैसा फसेको जनाएको छ।

विज्ञप्तिमा सहकारीका सञ्चालक इच्छाराज तामाङ लगायतबाट असुलउपर गराउन माग गर्दै कानुनी उपचारमा गएको जनाइएको छ। 

सरकारलाई यस विषयमा चासो लिएर पीडितलाई न्याय दिन र दोषीलाई कारबाही गर्न संघले आग्रह गरेको छ। उक्त सहकारीमा ‘भुवन चैत्य वसुन्धरा फाउन्डेसन’ अक्षय कोषको रकम पनि राखिएको उल्लेख छ।

भुवन चैत्य वसुन्धरा फाउन्डेसनले हरेक वर्ष डेढ लाख रुपैयाँको पुरस्कार वितरण गर्दै आएको तर पैसा सहकारीमा फसेपछि उक्त पुरस्कार वितरण गर्न पनि समस्या भएको बताइएको छ।

संघका अनुसार तीन अभिनेत्री र फाउन्डेसनको गरी करिब तीन करोड रुपैयाँ उक्त सहकारीमा फसेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad