कला


‘पिर’ गीतबारे प्रचण्डको प्रतिक्रिया : सामान्य हो, आवेगमा आउनु जरुरी छैन

‘पिर’ गीतबारे प्रचण्डको प्रतिक्रिया : सामान्य हो, आवेगमा आउनु जरुरी छैन

नेपालखबर
फागुन ३०, २०७८ सोमबार १०:०, काठमाडौँ

गायक प्रकाश सपुतको हालै सार्वजनिक  ‘पिर’ शीर्षकको म्युजिक भिडिओप्रति माओवादीका कतिपय नेता कार्यकर्ताले आपत्ति जनाइरहँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने गीतलाई सामान्य रुपमा लिनुपर्ने बताएका छन्। 

म्युजिक भिडियोले जनयुद्ध लडेका महिलाको अपमान गरेको भन्दै माओवादी केन्द्रका केही नेता कार्यकर्ताहरूले गम्भीर आपत्ति जनाइरहेका बेला प्रचण्डले भने गीतलाई सामान्य रुपमा लिनुपर्ने बताएका हुन्।

आज बिहान धनगढी पुगेका प्रचण्डले गेटा विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै गीत संगीतलाई सामान्य रुपमा लिनुपर्ने बताएका हुन्।

‘त्यो गीत मैले हेर्न पाएको छैन। त्यसको त्यति विरोध गर्नु पर्ने जस्तो मलाई लाग्दैन,’ प्रचण्डले भने, ‘मान्छेहरु आफ्नू अनुभव अनुभुति अनुसार गीत कविता बनाउँछन, नाटक बनाउँछन्। डिबेट त हुन सक्छ। तर माओवादी आन्दोलनको एउटा पाटोको विषयमा कसैले चर्चा गर्यो भन्दैमा हामी आवेगमा आउन पर्ने म ठान्दिन।’

यसअघि जनयुद्धकै अर्का शीर्ष नेता डा.बाबुराम भट्टराईले पनि त्यो गीतलाई सामान्य रुपमा लिनुपर्ने बताएका थिए। 

तर, माओवादीकै युवा विद्यार्थी नेताहरुले भने प्रकाश सपुतको गीतप्रति आपत्ति जनाउँदै त्यसलाई युट्युबबाटै हटाउनुपर्ने अभिव्यक्ति दिइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad