कला


‘मिस उर्लाबारी’को तेस्रो संस्करण, चैत अन्तिममा फिनाले

‘मिस उर्लाबारी’को तेस्रो संस्करण, चैत अन्तिममा फिनाले

नेपालखबर
फागुन २९, २०७८ आइतबार १७:११, काठमाडौँ

प्रतिभा उजागर गर्ने उद्धेश्यले सञ्चालित ‘मिस उर्लाबारी’को तेस्रो संस्करणको तयारी सुरु भएको छ। 

प्रतियोगिताका लागि पहिलो अडिसनसमेत उर्लाबारीमा गरिएको छ। 

सेन्ट्रल फेशन हब उर्लाबारीको आयोजनामा हुने प्रतियोगिताको पहिलो अडिसनमा १८ जना युवतीहरुको सहभागिता रहेको आयोजक तथा संयोजक जीवन चिमरियाले बताए।

पहिलो चरणको अडिसनमा ‘मिस पूर्वाञ्चल २०१९’ की विजेता रिजु भट्टराई, बैंकर सुमन गिरी, सामाजिक क्षेत्रबाट सरिता केसी, शिक्षा क्षेत्रबाट ज्ञानेन्द्र सुनारले निर्णायक थिए।

दोस्रो चरणको अडिसन सकेर सहभागीहरुको फाइनल नाम सार्वजनिक गर्दै बन्द प्रशिक्षण थाल्ने आयोजकले जनाएको छ। 

यस पटक ‘मिस उर्लाबारी’मा सहभागीहरुले कुनै शुल्क तिर्नु नपर्ने भएको छ। 

प्रशिक्षण शुल्कसमेत नलिने संयोजक चिमरियाले बताए। 

चैत्र अन्तिममा  फिनाले गर्ने गरी तयारी थालिएको मिस उर्लाबारीको पहिलो संस्करणको विजेता नेमिता आङबुहाङ हुन्। दोस्रो संस्करणको विजेता रुशाली केसी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad