नेपाली कथानक चलचित्र ‘हिजोआजका कुरा’ आगामी असोजमा प्रदर्शनमा आउने भएको छ।
साकार पन्तले निर्देशन गरेको यो चलचित्रको वितरक कम्पनी एफडी र बीके फिल्म्सले आगामी असोज २८ गतेलाई प्रदर्शन मिति पक्का गरेको हो।
गत वैशाखमै प्रदर्शनको तयारीमा रहेको यो चलचित्र कोरोना महामारीका कारण पोस्पन्ड भएको थियो।
पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, जयनन्द लामा लगायतका कलाकारले अभिनय गरेका छन्।
चलचित्रमा लगानी समेत गरेका सन्तोष पन्तले चलचित्रको कथा लेखेका हुन्।
42
Shares

प्रतिक्रिया