कला


कहाँ हराए पल शाह? प्रहरीले खोजी नै नगरेको कि नभेटेको?

कहाँ हराए पल शाह? प्रहरीले खोजी नै नगरेको कि नभेटेको?

नेपालखबर
फागुन १२, २०७८ बिहिबार १७:२१, काठमाडौँ

अभिनेता एवम् मोडल पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जवरजस्ती करणी मुद्दाको जाहेरी परेको छ।

कास्कीकी एक नाबालिग गायिकामाथि पटक पटक जवरजस्ती करणी गरेको जाहेरी दर्ता भएपछि प्रहरीले बुधबारदेखि नै खोजी थालेको छ। 

तनहुँमा जाहेरी दर्ता भएलगत्तै उनीविरुद्ध पक्राउ पूर्जी जारी भइसकेको छ। यस्तोमा महानगरीय प्रहरी परिसर र अपराध महाशाखाको टोली उनलाई पक्राउ गर्न जुटेको बताइएको छ।

तर नेपाल प्रहरीको दुई दुईवटा युनिटको टोलीले पनि शाहलाई अझैसम्म भेट्टाएको छैन। 

जाहेरी दर्ता भएको २४ घण्टा बितिसक्दा पनि प्रहरीले उनलाई पक्राउ गर्न नसकेपछि यो प्रकरण मिलाउन खोजिएको आशंका गरिएको छ। 

प्रहरीले पल आफ्नो सम्पर्कमा नआएकाले खोजी भइरहेको जनाएको छ। उजुरी दर्ता भएपछि पल फरार रहेको प्रहरीले जनाएको छ। बुधबार राति नै पक्राउ गर्न जाँदा पल मोबाइल अफ गरेर बेपत्ता भएको एक प्रहरी अधिकारी बताउँछन्। 

तर प्रहरीले बेपत्ता भएका भनिएका पल बिहीबार बिहान सामाजिक सञ्जालमा झुल्किए। बिहीबार बिहान सामाजिक सञ्जालमा लामो भनाइसहित उनले केही अडियो पोस्ट गरेका छन्। 

जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्का उनको खोजी भइरहेको तर अहिलेसम्म भेट्न नसकेको बताएका छन्। 

प्रहरीले पललाई जहाँ भेट्यो त्यहीँ पक्राउ गर्न देशभर सर्कुलर गरिएको जनाएको छ। जाहेरी दर्ता हुनु अघिसम्म विभिन्न सार्वजनिक कार्यक्रममा सरिक पल बुधबारदेखि सम्पर्कविहीन छन्। 

नाबालिग करणीको जाहेरी दर्ता भएको २४ घण्टा बितिसक्दा पनि पललाई पक्राउ गर्न नसकेपछि प्रहरीमाथि प्रश्न गर्न सुरु भएको छ। 

पल साँच्चिकै फरार भएका हुन् अथवा प्रहरीले खोजी नै नगरेको बहस सुरु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad