ad ad

कला


किशोर मनस्वीको गजलः मेरो अफ्ठ्यारो हेरेर साँध सार्छ छिमेकी

किशोर मनस्वीको गजलः मेरो अफ्ठ्यारो हेरेर साँध सार्छ छिमेकी

किशोर मनस्वी
कात्तिक ३०, २०७६ शनिबार १३:१०,

खबर सुन्दा यो मन साह्रै अमिलो भएको छ,
थाहा छ मलाई, मेरो देश बिलैबिलो भएको छ।

व्यवहार उही राखेर व्यवस्थामात्रै फे¥यौँ हामी
त्यसैले त हरेक काम झन्झटिलो भएको छ।

मेरो अफ्ठ्यारो हेरेर छिमेकी साँध सार्छ
यता मेरो स्वाभिमान थिलोथिलो भएको छ।।

आमाको अस्मिता लुटिँदा हारगुहार गरेँ मैले
त्यसैले यो थुतुनो अगतिलो भएको छ।

छिमेकीको के कुरा नहुँदा मिलाप घरमा
दुनियाँमा मुख देखाउनै असजिलो भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .