‘भ्यालेन्टाइन्स डे’ को कोसेली स्वरूप अमेरिकाको पेन्सलभेनियामा बस्दै आएका गायक पूर्ण लामिछाने (अविरल) ले आफ्नो नयाँ सांगीतिक सौगात ‘माया लाइदेउन’ सार्वजनिक गरेका छन्।
प्रेमिल शैलीको यस गीतमा गायिका मेलिना राई र गायक पूर्ण लामिछाने ( अविरल) को सुमधुर स्वर सुन्न सकिन्छ। गायक लामिछानेको शब्द रहेको यस गीतलाई चर्चित संगीतकार शंकर थापा ‘स्माइल’ले संगीतवद्ध र संगीत संयोजन गरेका हुन्।
सुबोल थापाले कोरियोग्राफी गरेको यस गीतको भिडिओलाई बुद्ध थापाले छायांकन गरेका हुन्। भिडिओमा विकास धमलाको सम्पादन रहेको छ।
म्युजिक भिडिओमा पल शाह र वर्षा राउत फिचर्ड छन्। पबी भट्टराई निर्मात्री रहेको यस भिडिओलाई निकेश खड्काको निर्देशनमा तयार पारिएको हो। भिडियो ‘नमस्ते प्लस’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।
Shares
प्रतिक्रिया