ad ad

कला


शिल्भा र रेनीलाई मिष्टर एण्ड मिस एसईईको ताज

शिल्भा र रेनीलाई मिष्टर एण्ड मिस एसईईको ताज

नेपालखबर
असार ६, २०७६ शुक्रबार १३:१८,

‘मिष्टर एण्ड मिस एसईई ग्ल्याम २०१९’को शिर्ष उपाधि शिल्भा भट्टराई र रेनी गुरुङले जितेका छन्।

शिल्भा मोष्ट ट्यालेन्ट, बेष्ट र्याम्पवाक उपाधि सहित केटा तर्फको विजेता छानिदा रेनी भ्युवर्स च्वाइस्, पब्लिक च्वाइस् र बेष्ट स्किन उपाधि सहित केटी तर्फको शिर्ष बिजेता घोषित भइन्।

ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले राजधानीको जमलस्थित राष्ट्रिय नाँचघरमा आयोजना गरेको प्रतियोगितामा केटा तर्फ सिमोन तामाङ मस्टफोटोजेनिक, म्यानेजमेन्ट च्वाइस् सहित फष्ट रनरअप, प्रतिक केसी बेष्टपर्सनालिटी सहित सेकेन्ड रनरअप र अनित राई फेसवुक च्वाइस् सहित थर्डरनरअप घोषित भए। प्रतियोगितामा पब्लिक च्वाइस्, भ्युवर्स च्वाइस् र मष्टपपुलर उपाधि कमल श्रेष्ठले हात पारे।

त्यस्तै केटी तर्फ सुभेच्छा वाग्ले बेष्ट र्याम्पवाक र मष्ट फोटो जेनिक सहित फष्टरनरअप, क्रिपा ढकाल मिस ट्यालेन्ट सहित सेकेन्ड रनरअप र स्वस्तिमा खड्का बेष्ट स्माइल सहित थर्डरनरअप विजेता विजेता बने।

आकाश गिरी इभेन्ट म्यानेजर रहेको प्रतियोगितामा केटीतर्फ सृष्टि कला राई मष्टपपुलर, बर्षा बोहरा फेसवुक च्वाइस्, बेष्टडान्स र युट्युव बेष्टभ्युज, रचना श्रेष्ठ सोसियल रेस्पोनसिवल, ऐश्वर्या तन्डुकार बेष्टहेयर, सुस्मिता रानाभाट बेष्ट डिस्पिलिन, अन्जना रावल बेष्टस्पिच, मेन्खु शेर्पा मस्टफिटनेस, सर्किला कार्की मस्ट फ्रेन्डली, दिलासा मगर म्यानेजमेन्ट च्वाइस, बेष्टसिंगर स्मृति पौडेल बन्न सफल भए।

Mr. Miss SEE Glam Groupshootअश्विनी झाको कार्यक्रम संचालन तथा कोरियोग्राफी रहेको प्रतियोगिताको निर्णायकमा अभिनेता रमेश बुढ़ाथोकी, हिस्सानका अध्यक्ष तथा गोल्डेन गेट कलेजका प्रमुख रमेश सिलवा, अध्यापक तथा संगीतकार सरोज प्याकुरेल, अभिनेता गजित बिष्ट, गायक तथा डाक्टर आभास लाभ, आईडीयल स्कूलका संस्थापक पूर्ण लामा, मिसेस नेपाल इंटरनेशनल तथा मिसेस एसिया प्यासिफिक चंन्दा थापा गिरी रहेका थिए।

एसईई दिएर बसेका केटाकेटीको प्रतिभा निखार्दै उनीहरुको भविष्य सुधार्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टका सिइयो प्रिती कार्कीले जानकारी दिइन्। बिभिन्न सांगीतिक कार्यक्रम सहित प्रतियोगिता आयोजना गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .