ad ad

कला


वसन्त चौधरीका दुई पुस्तक लोकार्पण

वसन्त चौधरीका दुई पुस्तक लोकार्पण

नेपालखबर
पुस २०, २०७८ मंगलबार १८:२७, काठमाडौँ

साहित्यकार तथा व्यवसायी वसन्त चौधरीको ‘अनेक पल और मै’ काव्य संग्रह र ‘तिमी बिनाको म’ कविता संग्रह सार्वजनिक भएको छ।

मंगलबार काठमाडौंको कमलादीमा आयोजित एक कार्यक्रमका बीच चौधरीका दुई काव्य संग्रह लोकार्पण भएको हो।

काव्य संग्रह लोकार्पण समारोहमा साहित्यकार चौधरीले काव्य लेख्दा मन कहिल्यै नथाक्ने र सृजनशीलता नरोकिने बताए। उनले आफ्नो कविता संग्रह ‘तिमी बिनाको म’ मा समाजमा भएका घटनाहरूको बारेमा चित्रण गरिएको बताए।

साहित्यकार चौधरीले भने, ‘मन नयाँ कुराहरु सोचेर कहिल्यै थाक्दैन। न त विश्राम नै लिन्छ। हामी वरिपरि जे परिघटनाहरु भइरहेको हुन्छन्। यिनै परिघटनालाई शब्दमा बोलेर अभिव्यक्त गरिरहेका हुन्छौँ। काव्यकृति तिमी बिनाको ममा केही गुमाएका र केही प्राप्त गरेका घटनाहरु श्रृंखलित रुपमा राखेको छु।’

चौधरीको ‘तिमीबिनाको म’ कविता संग्रहमा लामा र छोटा गरेर ८५ वटा कविता संग्रहहरु संग्रहित छन्। कवितामा आत्मपरकताको उदाहरणीय प्रयोग गरिएको छ भने कविता अंग्रेजी भाषामा रहेको छ। त्यस्तै हिन्दी भाषामा रहेको काव्य संग्रह अनेक पल और मैं मा उनले आफ्ना जीवनका चिन्तनहरूलाई समेटेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .