महानायक राजेश हमालले अब बलिउड फिल्ममा खेल्ने भएका छन्।
भारतीय निर्माता राजेश चौधरीले राजेशलाई लिएर बलिउड फिल्म बनाउन लागेका हुन्।
फिल्मभन्दा पहिले हमालसँग चौधरीले एउटा हिन्दी गीतको म्युजिक भिडिओ बनाउन भएका छन्।
निर्माता चौधरीद्वारा निर्मित हिन्दी गीतको भिडिओ सार्वजनिक गर्न अहिले हमाल मुम्बईमा छन्।
चौधरीले बनाएको गीत ‘चेहेरा’ को मंगलवार मुम्बईमा सार्वजनिक गरियो। नेपाल र भारतमा खिचिएको गीतमा नेपाली मोडल नीति शाहले पनि खेलेकी छन्।
उनले त्यहाँका पत्रकासँगको कुराकानीमा मुम्बई आउँदा फरक ऊर्जा मिल्ने बताएका छन्। ‘धेरै वर्षपछि म मुम्बई आएँ। पहिले कयौँ पटक आएको थिएँ। मुम्बईले मलाई मलाई बेग्लै ऊर्जा दिन्छ।’
उनले आफू हिन्दी फिल्मका सबै कलाकारको आफू फ्यान भएको बताएका छन्। ‘हिन्दी फिल्मका सबै कलाकारको फ्यान हुँ। बलिउडमा धेरै राम्रो कलाकारहरु हुनुहुन्छ', उनले भने, 'तर, सबैको बाप त अमिताभ बच्चन हुनुहुन्छ। मुम्बई फिल्मको सहर भएकाले मलाई खुसी लाग्छ।'
Shares

प्रतिक्रिया