सर्पले डसेर बिरामी परेका बलिउड सुपरस्टार सलमान खानको स्वास्थ्य ठीक भएको छ। क्रिसमस मनाउन भनेर शनिबार आफ्नो पनवेल फार्म हाउस जाँदा उनलाई सर्पले टोकेको हो।
त्यसपछि उनका फ्यानहरू चिन्तामा परेका थिए। तर उपचारपछि अहिले उनी सञ्चो भएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार अस्पतालबाट डिस्चार्ज भएर सलमान अहिले घर पुगिसकेका छन्।
तर यसैबीच उनी अस्पतालको बेडमा आराम गरिरहेको तस्बिर भाइरल भइरहेको छ। जसले गर्दा उनका फ्यानहरूले उनको स्वास्थ्यको कामना गरिरहेका छन्।
आज सलमान खानको ५६औं जन्मदिन पनि हो, त्यसैले पनि उनका फ्यानहरूले उनलाई शुभकामना दिइरहेका छन्।
सलमानले आफूलाई विषालु सर्पले तीनपटक टोकेको जानकारी दिएका छन्।
सलमानले भने– विषालु सर्पले मलाई तीनपटक डस्यो
सलमानले भने, ‘मेरो फार्महाउसमा सर्प आएको थियो। म उसलाई लट्ठीको सहाराले बाहिर निकाल्दै थिएँ, तर ऊ बिस्तारै मेरो हातमा आयो। मैले उसलाई समातेर हटाउन खोजेँ, तर त्यहीबीच उसले मलाई तीनपटक टोक्यो। त्यो विषालु सर्प थियो। सर्पले टोकेपछि करिब ६ घण्टा अस्पतालमै बसेँ। तर, अहिले म ठीक छु।’
क्रिसमस मनाउन फार्म हाउस जाँदा
यही डिसेम्बर २५ सलमान क्रिसमस मनाउन पनवेलस्थित आफ्नो फार्म हाउसमा गएका थिए। राति अबेर उनलाई सर्पले टोकेको थियो। त्यसपछि आइतबार बिहान ३ बजे उनलाई कामोठे एमजीएम अस्पताल भर्ना गरिएको थियो।
उपचारपछि सलमान डिस्चार्ज भएका छन्। उनी परिवार र साथीभाइसँग क्रिसमस मनाउन पनवेल फार्म हाउस पुगेका थिए। यो क्षेत्र पहाड र जंगलले घेरिएको छ। यस कम्प्लेक्समा सर्प र अजिंगरहरू प्रायः देखिन्छन्।
आइतबार राति मुम्बईको ग्यालेक्सीमा देखिए ‘दबंग’
आइतबार राति सलमान आफ्नो मुम्बईको घर ग्यालेक्सीमा थिए। आज डिसेम्बर २७ सलमानको जन्मदिन भएकाले फ्यानहरू उनलाई शुभकामना दिन त्यहाँ पुगेका थिए। त्यसपछि सलमान घरबाहिर निस्के र उनीहरूको शुभकाना स्वीकार गरे।
हेर्नुहोस् भिडिओ–
Shares

प्रतिक्रिया