कला क्षेत्रमा धेरै अभिनेत्री तथा मोडलसँग नाम जोडिएका कलाकार हुन पल शाह। उनको नाम आँचल शर्मादेखि समिक्षा अधिकारीसम्मका कलाकारसँग जोडिने गरेको छ।
गायिका समिक्षा अधिकारीसँग नाम जोडिनु अघि पलको नाम मोडल मलिका महतसँग जोडिएको थियो। यो जोडीलाई चलचित्र ‘सत्यम’ यूनिटले अनुबन्धित गराएको थियो। चलचित्रको वर्कसपकै क्रममा पल र समीक्षाको सम्बन्धलाई लिएर खबर सार्वजनिक भयो।
यो खबरपछि मलिकाले चलचित्र छोडिन। चलचित्र छोड्दा उनले भनेकी थिइन्, ‘अब पढाइलाई ध्यान दिन्छु।’ तर पल र समीक्षाको सम्बन्धको चर्चाले उनले चलचित्र छाडेको धेरैले अनुमान गरेका थिए।
अहिले उनै मलिका पुनः पलसँगै म्यूजिक भिडिओमा देखिने भएकी छिन्। आफूसँग मलिका देखिन लागेको खबर पलले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन्। उनले मलिकासँगको तस्बिर पोस्ट गरेर लेखेका छन, ‘गाजलु टिकी, कसैको नजर नलागोस् मेरी मायालाई।’
केन्द्र मोसन पिक्चर्सले निर्माण गरेको ‘गाजलु टिकी’बोलको गीत मार्फत पुनः पल र मलिकाको जोडी एकसाथ देखिन लागेका हुन्। यो जोडी म्यूजिक भिडियोमा मन पराइएको जोडी पनि हो। पलले दुईको तस्बिर सहित राखेको क्याप्सनले उनीहरुको सम्बन्ध सुध्रिएको अड्कल गरेका छन्।
Shares

प्रतिक्रिया