कला


कर्मा र मेनुकाको ‘महानगर’ पामे फिल्म फेस्टिभलमा

कर्मा र मेनुकाको ‘महानगर’ पामे फिल्म फेस्टिभलमा

नेपालखबर
पुस ७, २०७८ बुधबार १३:२१, काठमाडौँ

चलचित्र ‘महानगर’को नेपाल प्रिमियर हुने भएको छ। यो चलचित्र ‘पामे फिल्म फेस्टिभल’मा पोखरामा प्रिमियर हुने भएको हो। फेस्टिभल पुस १२ देखि १६ गतेसम्म चल्नेछ। 

भारतको कोलकातामा वर्ल्ड प्रिमियर गरिएको ‘महानगर’ अमेरिकाको ब्रुकलिनमा फिल्म फेस्टिभलमा समेत छानिएको थियो ।

चलचित्रको हल रिलिज भएको छैन। अहिलेसम्म  नेपालमा प्रिमियर पनि नभएको ‘महानगर’ पहिलो पटक पामे फिल्म फेस्टिभलमा प्रिमियर हुन लागेको हो।

चलचित्र ‘महानगर’मा कलाकार कर्मा र मेनुका प्रधानले शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन। कर्मा र मेनुकाका साथमा ‘महानगर’मा अनोज पाण्डे, शोविता अधिकारी, जीवन बराल, परीक्षित विक्रम राणा, चन्द्र पाण्डे लगायतका कलाकार पनि देखिनेछन्। 

मोहन  राईले निर्देशन गरेको ‘महानगर’मा एकरातको कथा समावेश गरिएको छ। एक युवतीको जीवनमा एक रातले ल्याएको परिवर्तन ‘महानगर’मा देखाउन खोजिएको निर्देशक राईले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad