नेपाली चलचित्रलाई ग्रामीण बजारमा लैजानका लागि ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ हुने भएको छ। उक्त महोत्सव माघको अन्तिम साता हुने भएको छ । ३ दिनसम्म चल्ने ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ कहाँ गर्ने भन्ने बारे केहि टुङ्गो लागेको छैन।
महोत्सव गर्ने स्थानका बारेमा छलफल भइरहेको महोत्सव संयोजक रघुनाथ सापकोटाले बताए। महोत्सवको आयोजना सेलिब्रेटी नेपालले गर्न लागेको हो।
महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका छोटा नेपाली चलचित्र, वृत्तचित्र र फिचर प्रदर्शन गरिनेछ। महोत्सवमा सहभागी भइ उत्कृष्ठ भएका चलचित्रलाई अवार्ड समेत प्रदान गरिने आयोजक सेलिब्रेटी नेपालले जानकारी दिएको छ।
उक्त महोत्सवमा नेपालका जुनसुकै मातृभाषाका चलचित्रले पनि सहभागिता जनाउन पाउनेछन्। महोत्सवमा ग्रामीण परिवेशमा कसरी चलचित्र निर्माण गर्ने भन्ने विषयमा अन्तरक्रिया तथा वर्कसप पनि सञ्चालन हुनेछ।
Shares

प्रतिक्रिया