कला


विकल्पमा फ्रेन्च कलाकारको सेलावी

विकल्पमा फ्रेन्च कलाकारको सेलावी

नेपालखबर
पुस ४, २०७८ आइतबार १७:११, काठमाडौँ

पुल्चोकस्थित विकल्प आर्ट सेन्टरमा फ्रेन्च कलाकार भिनसेन्ट ग्रेभीको सेलावी(जिन्दगी यस्तै हो) चित्रकला प्रदर्शनी भइरहेको छ। 

गतहप्ता देखि सुरु भएको प्रदर्शनी आगामी डिसेम्बर २७ तारिखसम्म जारी रहने प्रदर्शनकी क्युरेटर सरोज महतोले बताए। 

महतोका अनुसार १५ वर्षदेखि नेपालमा बसेर चित्र कोरिरहेका भिनसेन्टले पुर्वीय दर्शनबाट प्रभावित हुँदै राजनैतिक धार्मिक मुद्दाभन्दा टाढा रहेर दैनिक जीवनलाई आफ्ना चित्रहरुमा उतार्ने प्रयास गरेका छन। 

No description available.

प्रदर्शनीमा तीन दर्जन चित्रहरु प्रदर्शनीमा राखिएका छन। ती सबै चित्रहरु लकडाउनका समयमा बनाएको हो। 

‘जिन्दगी यस्तै हो भनेजस्तै उनले बनाएका पेन्टिङहरु स्मुथ, अपियलिङ छन्,’ क्युरेटर महतोले भने।

कलाकार भिनसेन्टले मानिसहरुले कस्तो प्रतिक्रिया दिन्छन् भन्ने कुरामा ध्यान नदिने बताए। उनले आफूले पेन्टिङ बनाएर र त्यसलाई मानिसहरुले आ–आफ्नो अर्थमा बुझ्ने बताए। 

No description available.

‘म मेरा कामहरु देखाउँन पाउँदा निकै खुशी छु। मेरा कामहरु फुल र रंगमा सीमित छन्। मान्छेहरुले राम्रो भनुन नभनुन तर मेरो काम गर्ने तरिका यही हो,’ उनले भने, ‘मेरो कम रंगमा आधारित छन्। यो पेन्टिङका लागि ३ दिनदेखि ३ हप्तासम्म खर्च भएका छन्।  

भिनसेन्ट आफू कुनैपनि सन्देशकर्ता नभएको बताउँछन्। पेन्टिङ गरेपछि मानिसहरुले फिल गर्न सकेनन भने त्यो अपूर्ण हुने उनी मान्छन्। 

No description available.

‘कुनैपनि सन्देश दिन खोजेको छैन। मैले मेरो कुचि चलाए। अब मानिसहरुले आफ्नो नजर अनुसार बुझाई गर्नसक्छन,’ उनले भने। 

No description available.

No description available.

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad