ओस्कार विजेता फिल्म ‘प्यारासाइट’ बाट अन्तर्राष्ट्रिय ख्याति कमाएकी दक्षिण कोरियाली अभिनेत्री पार्क सो दामलाई थाइराइड क्यान्सर भएको छ।
३० वर्षीया पार्कलाई प्यापिलरी थाइराइड क्यान्सर भएको र उनको शल्यक्रिया गरिएको उनको एजेन्सीले जनाएको छ।
प्यापिलरी थाइराइड क्यान्सर थाइराइडको क्यान्सरमध्ये सबैभन्दा बढीलाई हुने रोग हो।
४० वर्षमुनिका खासगरी महिलाहरुमा यो रोग लाग्ने बेलायतको नेसनल हेल्थ सर्भिसले जनाएको छ।
पार्क अभिनित ‘स्पेसल डेलिभरी’ नामक फिल्म रिलिज हुने तयारीमा छ।
उनको २०१९ मा आएको फिल्म प्यारासाइटले विश्वभर चर्चा बटुलेको थियो। यो ओस्कारमा उत्कृष्ट चलचित्रको अवार्ड जित्ने पहिलो गैरअंग्रेजीभाषी फिल्म पनि थियो। सीएनएन
Shares

प्रतिक्रिया