कला


कट्रिना कैफको विवाहका लागि बस्यो प्रहरी–प्रशासनको बैठक

कट्रिना कैफको विवाहका लागि बस्यो प्रहरी–प्रशासनको बैठक

बलिउड अभिनेत्री कट्रिना कैफ।


नेपालखबर
मंसिर १७, २०७८ शुक्रबार १६:४७, काठमाडौँ

केही दिनयता सञ्चारमाध्यममा बलिउड कलाकारद्वय कट्रिना कैफ विक्की कौशलबीच विवाह हुन लागेका खबर आइरहेका छन्। तर स्वयं उनीहरूले भने यस विषयमा अहिलेसम्म औपचारिक रूपमा जानकारी सार्वजनिक गरेका छैनन्। 

कट्रिनासँग बिहे गर्न लागेका विक्की काैशल।

तर यसैबीच भारतको राजस्थान प्रशासनले उनीहरूको विवाह हुने स्थानमा शान्ति सुरक्षा कायम राख्न तयारी गरिरहेको छ।

यस विषयमा शुक्रबार सवाई माधोपुरमा जिल्ला अधिकारी राजेन्द्र किसनको अध्यक्षतामा बैठक बसेको छ। जसमा विवाहका योजनाकार, होटल सञ्चालक, प्रहरी उपरीक्षकलगायत सबै उच्च अधिकारीको सहभागिता थियो। 

बैठकपछि सवाई माधोपुरका जिल्ला अधिकारी राजेन्द्र किशनले बीबीसी हिन्दीसँग भने, ‘स्थानीय प्रशासनसँग बैठक बसेको छ, चौथका बरवाडामा सरसफाइ र शान्ति सुरक्षा कायम राख्न निर्देशन दिइएको छ। कुनै पनि घटना हुन नदिन र यातायात चुस्तदुरुस्त राख्न पनि भनिएको छ।’

उनका अनुसार वैवाहिक समोराह यही डिसेम्बर ७ देखि १० सम्म हुनेछ। जसमा १२० जना अतिथि आउनेछन्। यस क्रममा कोरोना संक्रमण नफैलियोस् भनेर सतर्कता पनि अपनाइने उनले बताएका छन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार कट्रिनाको बिहे सवाई माधोपुरको चौथका बरवाडास्थित बरवाडा फोर्ट अहिले विलासी होटलमा परिणत भएको छ। रिपोर्टअनुसार कट्रिना कैफ र विक्की कौशलको विवाह हालै खुलेको त्यही होटलमा हुनेछ। 

यो पनिबिहेपछि पनि भारतीय नागरिक हुन पाउँदिनन् बलिउड नायिका कट्रिना कैफ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad