बलिउड अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ अर्काे वर्ष अप्रिल १४ मा रिलिज गर्ने घोषणा गरिएको छ। योसँगै साउथ सुपरस्टार यशको बहुप्रतिक्षित फिल्म ‘केजीएफ २’ पनि रिलिज हुने भएको छ।
जसले गर्दा अप्रिल १४ मा बक्स अफिसमा चर्को टक्कर हुने देखिएको छ।
यही विवादका कारण आमिर खानले ‘केजीएफ २’का निर्माता एवं अभिनेता यशसँग माफी मागेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार उनले पछिल्लो अन्तर्वार्तामा आफ्नो फिल्म ‘लाल सिंह चड्ढा’ अप्रिल १४ मा रिलिज गर्ने मिति तोकिएमा ‘केजीएफ’का निर्माता र अभिनेता यशसँग माफी मागेका हुन्।
‘हाम्रो फिल्म भिजुअल इफेक्टका कारण ढिला भएको हो। हामीसँग दुई विकल्प छन्– या त हतारमा फिल्म रिलिज गरौँ वा गुणस्तरीय काम गरेर फिल्म रिलिज गरौँ र मलाई हतार मन पर्दैन’, अभिनेता खानले अन्तर्वार्तामा भनेका छन्, ‘त्यसैले हामी दोस्रो विकल्पको साथ अगाडि आएका छौं। अतः यशको ‘केजीएफ २’ रिलिज भएको दिन ‘लाल सिंह चड्डा’ रिलिज गर्न बाध्य भएका हौं।’
यस क्रममा उनले ‘केजीएफ २’ का कलाकार र निर्मातासँग कुरा गरेको र आफ्नो निर्णयका लागि धेरैपटक माफी मागेको पनि जानकारी दिए।
Shares

प्रतिक्रिया