बलिउड स्टार शाहरुख खानका छोरा आर्यन खान लागुऔषध मुद्दाका कारण लगातार चर्चामा छन्, तर यसले उनकी छोरी सुहाना खानको इन्टरनेट सेन्सेसन घटाएको छैन।
उनी पहिलेजस्तै आफ्ना फ्यानहरूको मन पर्ने सूचीमामा छिन्। सामाजिक सञ्जालमा निकै फ्यान फलोइङ रहेको सुहाना आफ्नो पछिल्लो इन्स्टाग्राम पोस्टका कारण फेरि चर्चामा आएकी छन्।
वास्तवमा सुहाना लामो समयदेखि भारतमा बसेकी छैनन्। उनी न्युयोर्कमा पढिरहेकी छन्। तर उनको पछिल्लो पोस्ट हेरेर फ्यानहरूले अब सुहानाले न्युयोर्कलाई बिदा गर्ने अनुमान गरेका छन्। उनले छिट्टै न्युयोर्क छाड्न सक्छिन्।
सुहानाले आफ्नो पोस्टमा ब्यानर झुण्डिएको ट्रकको तस्बिर राखेकी छन्। जमामा अङ्ग्रेजीमा लेखिएको छ, चिन्ता नलिनुहोस्, न्युयोर्क छाडे पनि तपाईं सधैँ न्यु योर्कर रहिरहनुहुनेछ।
सुहानाले उक्त तस्बिरको साथ क्याप्सनमा स्पष्ट कुरा त लेखेकी छैनन्, तर मन टुट्यो एउटा इमोजी अवश्य राखेकी छन्। सुहाना भारी मनका साथ न्युयोर्कबाट बाहिरिने तयारी गरिरहेकी छन्। भारतीय सञ्चारमाध्यमबाट
Shares
प्रतिक्रिया