कला


नयाँ पुस्तालाई सलमानको सुझाव: हामी ५० प्लसमा पनि मेहनत गरिरहेका छौं, तपाईं पनि गर्नुस्

नयाँ पुस्तालाई सलमानको सुझाव:  हामी ५० प्लसमा पनि मेहनत गरिरहेका छौं, तपाईं पनि गर्नुस्

नेपालखबर
मंसिर ८, २०७८ बुधबार ५:३२, काठमाडौँ

बलिउडका ‘सुपरस्टार’ को सूचीमा अभिनेता सलमान खान पनि पर्छन्।

अहिले उनी आफ्नो नयाँ चलचित्र ‘अन्तिमः द फाइनल ट्रुथ’ प्रचारप्रसारमा व्यस्त छन्। 

फिल्म प्रमोसन क्रममा पत्रकारले उनलाई सोधे– डिजिटल प्लेटर्फमले ‘सुपरस्टार युगको अन्त्य’ हुन लागेको हो? 

जवाफमा सलमानले भने, ‘हामी जान्छौँ, कोही अरू आउनेछ। सुपरस्टारको युग जान्छ जस्तो मलाई लाग्दैन। यो कहिल्यै पनि जाँदैन। यो सधैँ रहनेछ। तर अब यो धेरै कुरामा भर पर्नेछ, चलचित्रको रोजाइ, वास्तविक जीवनमा तपाईं कस्तो हुनुहुन्छ र अरू कुरा। यो पूर्ण प्याकेज हो। यो नयाँ पुस्ताको आफ्नै सुपरस्टारडम हुनेछ।’

बलिउड हंगामा अनुसार सलमानले स्टारहरूको जमाना सकियो भन्ने भनाइ आफूले पछिल्लो चार पुस्तादेखि सुनिरहेको पनि बताए।

उनले भने, ‘हामी यो नयाँ पुस्तालाई सजिलै लिन दिने छैनौँ। हामी उनीहरूलाई हस्तान्तरण गर्दैनौँ। मेहनत गर्नुहोस्, हामी ५० प्लसमा पनि मेहेनत गरिरहेका छौँ, तपाईं पनि मेहेनत गर्नुस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad