बलिउड अभिनेता कार्तिक आर्यन अचेल फिल्मका अलावा ‘पब्लिक इन्टर्याक्सन’ (सार्वजनिक अन्तरक्रिया) का कारण पनि चर्चामा छन्। हालै कार्तिक मुम्बई एयरपोर्ट पुगेका थिए, जहाँ उनको लग्जरी कारको निकै प्रशंसा भयो।
प्रशंसा गर्ने व्यक्तिमा एयरपोर्टको सुरक्षामा खटिएका सीआईएसएफ अफिसर पनि थिए। जसलाई कार्तिकले दिएको जवाफकाे भिडिओ अहिले निकै भाइरल भइरहेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार कार्तिक आर्यन आइतबार आफ्नो आउँदै गरेको फिल्म धमाकाको प्रमोसनका लागि दिल्ली गएका छन्। त्यस क्रममा उनी मुम्बई एयरपोर्ट पुगेका थिए।
जब उनी आफ्नो कालो रङको लग्जरी कारबाट निस्किए, तब एयरपोर्टमा रहेका पापाराजीबाट निकै प्रशंसा पाए। एक जना पापाले जब आफ्नो चस्माको पनि तारिफ गर्छन्, तब अभिनेता कार्तिकले जवाफ दिन्छन्, ‘सेड्स पनि राम्रो, मेरो पेन्ट पनि।’
भिडिओ-
Shares

प्रतिक्रिया