बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका व्यापारी पति राज कुन्द्रालाई फेरि अर्को तनाव आइपरेको छ।
यी दुईजनाविरुद्ध मुम्बईको बान्द्रा पुलिस कार्यालयमा ठगी आरोपमा मुद्दा परेको हो।
नितिन बराई नामका एक पीडितले कि शिल्पा र राजले सन २०१४ देखि अहिलेसम्म स्पा र जिमको फ्रेन्चाइजी बाँड्ने नाममा ठगी गरेको आरोप लगाएका छन्।
नितिनले यस मामिलामा काशिफ खान, दर्शित शाह र उनीहरुका केही साथीलाई पनि आरोपी बनाएका छन्। तर काशिफ र दर्शित को हुन् भन्ने खुलेको छैन। शिल्पा-राजको कम्पनीमा यिनको भूमिका पनि खुलेको छैन।
नितिनका अनुसार उनीहरुले पुणेको कोरेगाउँमा शिल्पा र राजको फर्म 'मेसर्स एसएफएल प्राइभेट कम्पनी' को जिम र स्पाको फ्रेन्चाइजी खोलेका थिए।
आरोपीले उनीबाट एक करोड ५९ लाख २७ हजार रुपैयाँ लगानी गराए। तर उनीहरुले त्यो पैसा निजी काममा प्रयोग गरे। उक्त पैसा फिर्ता माग्दा आफूलाई उल्टै धम्की दिएकोपनि नितिनले बताएका छन्।
नितिनको उजुरीपछि बान्द्रा पुलिसले शिल्पा शेट्टी, राज कुन्द्रा समेत अन्य आरोपीविरुद्ध आईपीसीको धारा ४०६, ४०९, ४२०, ५०६, ३४ र १२० (बी) अनुसार मामिला दर्ता गरेर जाँच थालिएको छ।
पुलिसले यस मामिलामा चाँडै नै आरोपीसँग बयान लिनेछ। राज कुन्द्रा र शिल्पाको कुराबारे बुझ्न चाँडै उनीहरुसँग प्रहरीले सम्पर्क गर्ने जनाएको छ।
पोर्नोग्राफी मामिलामा राज कुन्द्रा जेलबाट छुटेदेखि कहीँ देखिएका छैनन्। उनले एक नोभेम्बरमा आफ्नो ट्विटर र इन्स्टाग्राम एकाउन्ट नै डिलिट गरिदिएका थिए।
पोर्नोग्राफी मुद्दामा गिरफ्तार राज कुन्द्रालाई २ महिनापछि २० सेप्टेम्बरमा बम्बे उच्च अदालतबाट जमानत मिलेको थियो।
पुलिसले १९ जुलाईमा राज कुन्द्रा, रेयान थोरपेसमेत ११ मानिसलाई यस केसको सिलसिलामा गिरफ्तार गरेको थियो। राजमाथि पोर्न फिल्मको कारोबार गरेको आरोप लागेको थियो।
Shares

प्रतिक्रिया