अमेरिकामा निर्माण भएको चलचित्र ‘ओभर डोज’ को ट्रेलर सार्वजनिक गरिको छ।
आगामी मंसिर १७ गतेबाट देशभर प्रदर्शन हुन लागिएको उक्त फिल्मको ट्रेलरमा प्रेम, रोमान्स र एक्सन समेटिएको छ।
सुमन पौडेलले निर्देशन गरेक यो फिल्ममा प्रनिशराज पन्त, सविनजंग थापा, बीना श्रेष्ठ, स्वामी डी, एलेन ब्रनिला, सदीक्षा कार्की, डुएन टर्नर लगायत कलाकारले खेलेका छन्।
यो फिल्मको निर्माण जीवनकुमार केसीले गरेका हुन्। निर्माता केसीले युवापुस्ताको रुचीलाई ख्याल गरेर उनीहरुकै वास्तविक कथामा फिल्म निर्माण गरिएको बताए।
फिल्ममा पिजे वाइबाको संगीत, साजन कार्कीको सम्पादन छ। यसलाई गुच्ची भाइले छायांकन गरेका हुन्।
नयन आचार्य प्रोडक्सन डिजाइनर रहेको फिल्मलाई उपत्यकामा जीजी ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरणको जिम्मा लिएका छन्।
ट्रेलर
Shares

प्रतिक्रिया