भीजे तथा मोडल अनुशा दान्डेकर बिगबोस १५ मा प्रवेश गर्ने भएकी छन्।
व्यापक चर्चाका बीच उनले भिडिओ सन्देश जारी गर्र्दै आफू बिगबोसमा भाग लिने बताएकी हुन्।
यसअघि उनी बिगबोसमा प्रवेश गर्नेबारे खबर आउँदा उनले अस्वीकार गरेकी थिइन्।
तर पछिल्लो समय उनले आफूबारे आएका खबर सत्य भएको बताउँदै मोडल अनुशाले सामाजिक सञ्जालमार्फत आफू बिगबोसको घरमा प्रवेश गर्ने जानकारी गराएकी हुन्।
भारतीय सञ्चारमाध्यमका अनुसार बिगबोसमा अनुशाको ‘वाइल्ड कार्ड इन्ट्री’को खबरसँगै सुरुदेखि नै बिगबोसमा रहेका करण कुन्द्राबारे पनि व्यापक चर्चा हुन थालेको छ।
यी दुई केही वर्षयता प्रेममा रहेकाे तर पछिल्लो समय टाढिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
लभ स्कुलका होस्टसमेत रहेका करण र अनुशाबीच बिगबोसमा कस्तो सम्बन्ध रहला भनेर ञबिगबोसका दर्शकले सामाजिक सञ्जालमा चासो देखाउन थालेका छन्।
Shares

प्रतिक्रिया