कला


गायिका समीक्षा अधिकारीको स्पष्टीकरण: पलजीले मलाई अभिभावकको हिसाबले माया गर्नुहुन्छ

गायिका समीक्षा अधिकारीको स्पष्टीकरण: पलजीले मलाई अभिभावकको हिसाबले माया गर्नुहुन्छ

नेपालखबर
कात्तिक ८, २०७८ सोमबार २०:३६, काठमाडौँ

गायिका तथा मोडल समीक्षा अधिकारीले नायक पल शाहसँगको ‘अभिभावकीय सम्बन्ध’ लाई तोडमरोड गरी सञ्चारमाध्यमले आफ्नो चरित्र हुने खालका समाचार प्रकाशन गरेको भन्दै आपत्ति प्रकट गरेकी छन्।   

गायिका अधिकारीले नायक शाहसँग जोडेर ‘हुँदै नभएको कपोलकल्पित समाचार’ आएको उल्लेख गर्दै यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएकी हुन्। 

‘समाचारमा मेरो र पलजीको सम्बन्धलाई तोडमोड गरेर तुच्छ प्रकारका कुराहरू मेडियामा आएका छन्, जसले मेरो चरित्र हत्या भएको छ’, अधिकारीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘यसका साथसाथै पलजीको क्यारिअरमाथि आँच आउने किसिमले सस्तो प्रचारबाजी गरिराका छन्। यसो नगर्नुहुन अनुरोध गर्दछु।’

यस्तो छ गायिका अधिकारीको वक्तव्यको पूर्ण पाठ–

नमस्कार 
मलाई समीक्षा अधिकारी बनाउनु हुने मेरा सम्पूर्ण दर्शक स्रोताज्यूहरूमा हार्दिक नमन गर्दछु। पछिल्लो समय मेरो बारेमा नायक पल शाहज्यूसँग जोडेर हुँदै नभएको कपोलकल्पित समाचारहरू आएका छन्। यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। 

समाचारमा मेरो र पलजी को सम्बन्धलाई तोडमोड गरेर तुच्छ प्रकारका कुराहरू मेडियामा आएका छन्, जसले मेरो चरित्र हत्या भएको छ। यसका साथसाथै पलजीको क्यारिअरमाथि आँच आउने किसिमले सस्तो प्रचारबाजी गरिराका छन्। यसो नगर्नुहुन अनुरोध गर्दछु। 

बिनास्रोत अफवाहमा लेखिएका यी समाचारले हामीलाई सामाजिक र चारित्रिक रूपमा निकै नै असर पुर्याएको छ। यस  कुराप्रति म र मेरो परिवार खेद प्रकट गर्दछौं। एउटै इन्डस्ट्रिजमा भएको हिसाबले पलजीले मलाई अभिभावकको हिसाबले माया गर्नुहुन्छ। मेरो कला र क्षमतालाई माया संरक्षण गर्नुहुन्छ। म उहाँको सदैव फ्यान पनि हुँ। र,  हजुरहरूको माया रहेसम्म सधैँ राम्रो काम गरिरहने छौं। 

राष्ट्रको चौथो अंग मानिएको पत्रकारिताका अग्रज र दिग्गज अभिभावकहरूले पनि यसरी मानहानि र चरित्र हत्या हुने किसिमले लेखिएका समाचारले निकै दुःखी छु। मैले यो अपेक्षा गरेको थिएन। 

म जे छु जहाँ छु, यो सब मेरा भगवानरूपी दर्शक/स्रोताको देन हो र  हजुरहरूलाई कुनै पनि कुराले निराश गर्न सक्दिनँ र गर्ने छैन। मेरोबारेमा मेडियामा आएका झुटा  समाचारहरूप्रति घोर  निन्दा गर्दछु र हजुरहरू यसको पछाडी नलाग्नुहुन हार्दिक अनुरोध गर्दछु। अन्त्यमा सम्पूर्ण पत्रकारज्यूहरूलाई पनि हार्दिक निवेदन गर्न चाहन्छु। कसैको व्यक्तिगत जीवनमा आँच आउने मानहानि तथा चरित्रहीन हुने किसिमको समाचार नबनाउनु होला। 

सबैलाई धेरै धेरै माया
धन्यवाद।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad