लागुऔषध अभियोगमा छोरा आर्यन खान हिरासतमा रहेका बलिउड अभिनेता शाहरुख खानको घरमा नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) को टोलीले छापा मारेको छ।
टाइम्स अफ इन्डियाका अनुसार छोरा आर्यन पक्राउ परेको १६ दिनपछि बिहीबार एनसबीका अधिकारीले मुम्बईस्थित शाहरुखको घरमा छापा मारेका हुन्।
शाहरुखको निवास ‘मन्नत’मा एनसीबीका अधिकारी देखिए पनि उनीहरूले घरभित्रको खानतलासी गरे नगरेको स्पष्ट भएको छैन। तर तिनले झन्डै एक घन्टा शाहरुखको निवास क्षेत्रमा बिताएका थिए।
Mumbai | A team of Narcotics Control Bureau arrives at actor Shah Rukh Khan's residence 'Mannat' pic.twitter.com/W3h24x8fzs
यो पनि : छोरा आर्यनको पिरले शाहरुख दम्पतीको हरायो भोक–निद्रा
333
Shares

प्रतिक्रिया