कला


पशुपति दर्शनपछि अनुपम खेरले भने : यहाँ आउँदा मन शान्त हुन्छ

पशुपति दर्शनपछि अनुपम खेरले भने : यहाँ आउँदा मन शान्त हुन्छ

नेपालखबर
असोज १९, २०७८ मंगलबार १२:३८, काठमाडौँ

बलिउडका चर्चित अभिनेता अनुपम खेर अहिले नेपाल भ्रमणमा छन्। 

सोमबार काठमाडौं आएका उनी मंगलबार बिहान हिन्दुहरुका आराध्यदेव भगवान पशुतिनाथको दर्शन गर्न पुगे। 

उनले पशुपतिनाथमा पूजा गरेपछि एउटा भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। जहाँ उनले आफू पशुपतिमा रहेको बताएका छन्। 

'म यतिबेला पशुपतिनाथमा छु। यो ठाउँमा आउँदा एकदमै शान्त भएको महसुस हुन्छ', भिडियोमा भनेका छन्। 

उनले पशुपति दर्शन गरेर सबैजनाको सुख शान्तिको कामना गरेको पनि बताएका छन्। 

'मैले यहाँबाट तपाईंहरु सबैको सुख शानि्तको कामना गरेको छु', उनले भनेका छन्, 'पशुपतिनाथमा मन्दिरमा दर्शन गर्न पाउँदा धन्य महसुस गरेको छु।'

उनी एउटा हिन्दी चलचित्र सुटिङका क्रममा काठमाडौं आइपुगेका छन्। उनीसँगै चर्चित अभिनेत्री परिनीति चोपडा पनि आएकी छन्।

भिडियो


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad