आईएमएस स्मार्टले दशैं र तिहारको अवसरमा सामसङ फेस्टिभ अफर सार्वजनिक गरेको छ।
अफरअन्तर्गत ग्राहकले आईएमएस एसमार्टबाट सामसुङ स्मार्टफोन खरिद गर्दा ५० प्रतिशत मूल्य बराबरसम्मको गिफ्ट भाउचर जित्न सक्नेछन् ।
जसमा ९ आईएमएस एसमार्ट–सामसुङको आधिकारिक शोरुममा लाइभ लक्की ड्रमार्फत ९ जना भाग्यशाली विजेता बन्नेछन् ।
आईएमएस एसमार्ट शोरुम ९ वटा विभिन्न स्थानमा अवस्थित छ। जसमा काठमाडौंको कमलादी, दरबारमार्ग, खिचापोखरी, न्यूरोड, बौद्ध, ललितपुरको जावलखेलका साथै पोखरा, बुटवल र धनगढीमा रहेको छ।
ग्राहकले आईएमएस एसमार्ट सामसुङको शोरुमबाट सामसुङको स्मार्टफोन खरिद गर्दा उक्त मूल्य बराबरको गिफ्ट भाउचर जित्न सक्नेछन् ।
आईएमएस एसमार्टले ग्राहकलाई ईएमआई सुविधा पनि उपलब्ध गराउनेछ । प्रत्येक ग्राहकले सामान खरिद गर्दा १५ हजार रुपैयाँभन्दा बढीको सुविधा पाउन सक्नेछन्।
ग्राहकले लक्ष्मी बैंकबाहेक अन्य सबै बैंकबाट शून्य प्रतिशत डाउन पेमेन्टमा किस्ताबन्दीमा सामान खरिद गर्न सक्नेछन् । साथै ३० प्रतिशत डाउन पेमेन्टमा लक्ष्मी बैंकबाट सामान खरिद गर्न सक्नेछन् ।
ग्राहकले ३ महिना, ६ महिना, ९ महिना, १२ महिना र १८ महिना अवधिको किस्ताबन्दीमा सामान खरिद गर्न सक्नेछन् । ग्राहकले यी बैंकबाट किस्ताबन्दीमा सामान खरिद गर्न सक्नेछन् ।
- १. माछापुछ्रे बैंक प्रालि
- २. नेपाल इन्भेष्टमेन्ट बैंक प्रालि
- ३. सिटिजन्स इन्टरनेशनल बैंक प्रालि
- ४. मेगा बैंक प्रालि
- ५. सानिमा बैंक प्रालि
- ६. ग्लोबल आइएमई बैंक
- ७. एनएमबि बैंक प्रालि
- ८. सनराइज बैंक प्रालि
- ९. नबिल बैंक प्रालि
- १०. एनआइसी एशिया बैंक प्रालि
- ११. लक्ष्मी बैंक प्रालि (३० प्रतिशत डाउनपेमेन्ट, ४० हजार तथा यसमाथिका भ्यालु प्रोडक्टमा)
- १२. बैंक अफ काठमाण्डू (२० प्रतिशत डाउनपेमेन्ट, ३५ हजार वा यसमाथिका भ्यालु प्रोडक्टमा)
- १३. उपास्ना बहुउद्देश्यीय सहकारी (४० प्रतिशत डाउनपेमेन्ट)
सामसङको फेस्टिभ अफर कात्तिक १७ सम्म लागू हुने कम्पनीले जनाएको छ।
Shares

प्रतिक्रिया