दक्षिण कोरियाली सिरिज ‘स्क्विड गेम’ विश्वभर अत्यन्त लोकप्रिय भएको छ।
नेटफ्लिक्समा रिलिज भएको छोटो समयमै यो विश्वका करिब ९० मुलुकमा पहिलो नम्बरको शो बन्न सफल भएको छ।
यो नेटफ्लिक्सको सबैभन्दा लोकप्रिय कार्यक्रम बन्न सक्ने अनुमान गरिँदैछ।
४५६ जना ऋण तथा अभावग्रस्त मानिसहरुको कथा सिरिजमा समेटिएको छ। जसलाई केटाकेटीले खेल्ने सरल खेल खेल्न लगाइन्छ। ६ खेलको सिरिज जित्नेले ४५.६ अर्ब कोरियान वन पाउँछ। हारे उनीहरु मारिन्छन्।
यो ‘सर्भाइभल ड्रामा’का पात्रहरुले दक्षिण कोरियाका सबैभन्दा सीमान्तीकृत समुदायको प्रतिनिधित्व गरेको छ। यसको कथाले बढ्दो आर्थिक असमानताको मारमा परेका मानिसहरुलाई आकर्षित गरेको छ।
तर, सिरिजको अंग्रेजी सबटाइटलले फरक अर्थ दिएको भन्दै केहीले आलोचना गरेका छन्। एजेन्सी
30
Shares

प्रतिक्रिया