ad ad

कला


अश्लील भिडिओ प्रकरणमा पक्राउ परेका पति रिहा हुनासाथ नायिका शिल्पाले लेखिन् सन्देशमूलक कुरा

अश्लील भिडिओ प्रकरणमा पक्राउ परेका पति रिहा हुनासाथ नायिका शिल्पाले लेखिन् सन्देशमूलक कुरा

नेपालखबर
असोज ५, २०७८ मंगलबार २२:५, काठमाडौँ

अश्लील भिडिओ बनाएको अभियोगमा पक्राउ परेका पति राज कुन्द्रा धरौटीमा रिहा भएपछि बलिउड अभिनेत्री शिल्पा सेट्टीले भावुक स्टाटस लेखेकी छन्। 

अश्लील भिडिओ निर्माण तथा प्रसारण मुद्दामा २ महिनादेखि अर्थर रोड जेलमा रहेका राज अदालतले ५० हजार भारु धरौटीमा रिहा गर्न आदेश दिएपछि मंगलबार हिरासतमुक्त भएका हुन्। 

आँखाभरि आँशु लिएर श्रीमान राज रिहा हुनासाथ अभिनेत्री शिल्पाले इन्स्टाग्राममा सन्देशमूलक कुरा लेखेकी हुन्। 

‘त्यस्ता पल पनि हुन्छन्, जसले तपाईंलाई भुइँमा पछार्छन्। त्यस्तो बेला तपाईं ७ पटक पछारिनुहुन्छ भने ८ पटकसम्म उठ्ने सामथ्र्य राख्नुपर्छ भन्ने कुरामा विश्वास गर्छु। यस्तो गाह्रो परिस्थितिमा फेरि उठ्ने धेरै शक्ति, अनि साहस चाहिन्छ’, शिल्पाले लेखेकी छन्, ‘जीवन नामक यात्राका यी अप्ठ्यारा परिस्थितिले तपाईंलाई अझ बलियो बनाउँछ। हरेकपटक  पुनः उठ्दा तपाईं नयाँ जोश, संकल्पका साथ असम्भवलाई सम्भव बनाउनेगरी आउनुहुन्छ।’

सामाजिक सञ्जालमा झन्डै एक महिनादेखि अनुपस्थित शिल्पा आज पुनः देखापरेकी हुन्। उनी काममा पनि फर्किसकेको इन्डियन एक्सप्रेसले जनाएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .