अश्लील भिडिओ निर्माण गरेको आरोपमा पक्राउ परेका भारतीय व्यापारी एवं अभिनेत्री शिल्पा सेट्टीका पति राज कुन्द्रा धरौटीमा रिहा भएका छन्।
उनलाई मुम्बई अदालतले सोमबार साँझ धरौटीमा रिहा गरेको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार उनलाई ५० हजार रुपैयाँ धरौटीमा अदालतले उनलाई हिरासतमुक्त गरेको हो।
राजसँगै उनका सूचना प्रविधि (आईटी) प्रमुख रियान थोर्पेलाई पनि धरौटीमा रिहा भएका छन्।
राज र उनका आईटी प्रमुख थोर्पेलाई अश्लील फिल्म बनाएको अभियोगमा गत जुलाई १९ मा पक्राउ गरी हिरासतमा राखिएको थियो।
456
Shares
प्रतिक्रिया