ad ad

कला


बलिउड अभिनेता सोनु सुदको कार्यालयमा कर विभागको छापा, कति छ सम्पत्ति?

बलिउड अभिनेता सोनु सुदको कार्यालयमा कर विभागको छापा, कति छ सम्पत्ति?

नेपालखबर
भदौ ३०, २०७८ बुधबार २१:५०, काठमाडौँ

भारतको इनकम ट्याक्स विभागको टोलीले बुधबार अचानक फिल्म अभिनेता सोनु सुदको मुम्बई कार्यालयमा छापा हानेको छ। 

समाचार अनुसार पछिल्लो समय तीव्र गतिमा सोनुको सम्पत्ति बढिरहेको विषयलाई लिएर कर विभागका कर्मचारी उनको कार्यालयमा छापा मार्न पुगेका हुन्। 

करिब ५५ सय भारतीय रुपैयाँ लिएर मुम्बई पसेका थिए। ४८ वर्षीय उनीसँग अहिले करिब १ सय ३० करोडका मालिक भइसकेका छन् 

सेप्टेम्बर २०२१ सम्म सोनु सुदको कुल सम्मत्ति १३० करोड भारतीय रुपैयाँ (१७ मिलियन डलर) छ। सोनु अहिले पत्नी र बच्चासहित मुम्बईमा बस्छन्। उनले हिन्दी, तेलुगु, तमिल, कन्नड र पञ्जाबी फिल्ममा काम गरिरहेका छन्। विभिन्न उत्पादनको प्रवर्द्धन नै उनको मुख्य आम्दानीको श्रोत हो।

उनी हरेक फिल्मका लागि करिब २ करोड पारिश्रमिक लिन्छन्। उनको आफ्नै एक प्रोडक्शन हाउस पनि छ, जसको नाम शक्ति सागर प्रोडक्शन हो। 

यो उनका पिताको नाममा आधारित छ। सोनुले अहिलेसम्म करिब ७० फिल्ममा काम गरिसकेका छन्। विभिन्न ब्रान्डको प्रचार र फिल्मबाट उनी हरेक महिना करिब एक करोड रुपैयाँ कमाउँछन्। 

सोनु आफ्नो परिवारसहित अन्धेरीको लोखण्डवालामा २६ सय स्क्वायर फुटको अपार्टमेन्टमा बस्छन्। यसका अलावा उनीसँग मुम्बईमा दुई थप फ्ल्याट छन्। उनको गृहनगर मोगामा पनि एक बंगला छ। 

उनको जुहुमा एक होटल छ। यसलाई उनले लकडाउनका क्रममा आइसोलेसन सेन्टर बनाएका थिए। कोरोना महामारीको लकडाउनका क्रममा उनी अझै चर्चित भए।

उनले कोरोनाकालमा अफ्ठ्यारोमा परेका हजारौँ भारतीयलाई सहयोगको हात बढाएपछि चर्चाको शिखरमा छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .