कला


हिजो आमा बितिन्, आज खल्लो भयो अक्षयको जन्मदिन

हिजो आमा बितिन्, आज खल्लो भयो अक्षयको जन्मदिन

नेपालखबर
भदौ २४, २०७८ बिहिबार १३:३२, काठमाडौँ

अक्षय कुमार आजबाट ५४ वर्ष पुगेका छन्। उनको जन्म सेप्टेम्बर ९ १९६७मा अमृतसरमा भएको थियो । 

हिजोमात्रै आमा गुमाएका अक्षयको यो जन्मदिन निकै खल्लो र पीडादायक हुनेभयो । पहिलो पटक जन्मदिनमा आमा अरुणा भाटिया उनीसंग छैनन्। 

अक्षयको परिवार यतिबेला निकै कठिन अवधिबाट गुज्रिरहेको छ । अक्षयले आमा गुमाउनुको पीड सहन सकिरहेका छैनन् ।

उनले आफ्नो आमासँगको फोटो इन्स्टाग्राममा आज सार्वजनिक गरे । तस्बिरमा अक्षय मुस्कुराइरहेका छन् र आमा अरुण उनको गालामा चुम्बन गरिरहेकी छन्। उनले तस्बिरका साथ एक इमोस्नल पोस्ट पनि सार्वजनिक गरे । 
प्रशंसक र सेलिब्रेटीहरूले अक्षयका पोस्टमा जन्मदिनको शुभकामना दिइरहेका छन् । 

आमा गुमाउनुको शोकबाट बाहिर निस्कन अक्षयका लागि उनीहरू प्रार्थना गरिरहेका छन् । 

अक्षयले आमासँग तस्बिर सेयर गरी लेखेका छन्,  ‘मैले कहिल्यै सोचेको थिइनँ, जन्मदिन यस्तो हुनेछ। तर म पक्का छु आमा मलाई माथिबाट हेप्पी बर्थ डे भनिरहनुभएको छ । समवेदना र शुभकामना दिनुहुने सबैलाई धन्यवाद। जीवन चलिरहेछ।’

अक्षय ती स्टारमध्ये एक हुन् जो आफ्नो परिवारलाई काम भन्दा बढी महत्व दिन्छन्। उनी सधैं आफ्नो परिवारसँग नजिक हुन्छन् । 

आफ्नो करिअरको सुरुआतदेखि सफलताको उचाईसम्म पुग्न अक्षय सधैं परिवारलाई क्रेडिट दिन्छन् । ्

अक्षयले बुबा हरि ओम भाटियालाई सानै उमेरमा गुमाए। बुबाको प्रस्थानपछि उनले बहिनी अलका र आमा अरुणाको हेरचाह गरे। 

‘मेरी आमाले मेरो ख्याल नगर्नुभएको भए म कहिल्यै यति ठूलो प्रतिष्ठा हासिल गर्न सक्षम हुने थिइनँ । मेरो सबै समस्याको समाधान आमासँग थियो। आमाले मलाई दिनुभएको कुरा मेरो बाँकी जीवनमा पनि कहिल्यै तिर्न सक्दिनँ’, अक्षयले एक अन्तर्वार्तामा भनेका थिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad