बलिउडकी चर्चित अभिनेत्री प्रिती जिन्टा लामो समयदेखि फिल्मी क्षेत्रबाट टाढा छिन्। उनले पछिल्लो समय आफ्नो सम्पूर्ण ध्यान आईपीएलमा लगाएकी छन्।
पछिल्लो समय गत वर्ष उनी अभिनित फिल्म ‘भैयाजी सुपरहिट’मा देखिएकी थिइन्। यो फिल्ममा उनी सनी देवलको अपोजिटमा थिइन्। फिल्मले बक्स अफिसमा कुनै चमत्कार गर्न सकेन। त्यपछि उनी फेरि फिल्म क्षेत्रभन्दा टाढा पुगिन्।
हालै प्रितीको भेट अभिनेता ऋतिक रोशनसँग भयो। उनले ऋतिकसँगको भेटको एक फोटो इन्स्टाग्राममा सेयर गरिन्। यो केही समयमै सामाजिक सञ्जालमा चर्चाको विषय बन्यो।
उक्त फोटोको क्यापसनमा उनले ‘कोइ मिल गया’ लेखेकी थिइन्। उनीहरु दुवैका प्रशंसकहरुले यो फोटो एकदमै रुचाएका छन्। उनीहरुले ‘आइला जादू’ लगायतका विभिन्न कमेन्ट गरिरहेका छन्।
प्रिती र ऋतिक अभिनित फिल्म ‘कोइ मिल गया’ सन् २००३ मा रिलिज भएको थियो। यसैले प्रितीले फोटोमा कोइ मिल गया लेखेकी हुन्।
ऋतिकको पछिल्लो फिल्म ‘वार’ बक्स अफिसमा हंगामा मच्चाएको छ। फिल्मले अहिलेसम्म तीन सय करोडभन्दा माथिको व्यापार गरेको छ।
प्रतिक्रिया