कला


युवा गायक जोसेफ शाही र धर्मेन्द्र सुनारले ल्याए ‘जिन्दगीले घुमायो’ गीत (भिडिओ)

युवा गायक जोसेफ शाही र धर्मेन्द्र सुनारले ल्याए ‘जिन्दगीले घुमायो’ गीत (भिडिओ)

नेपालखबर
साउन १८, २०७८ सोमबार १४:३१, काठमाडौँ

युवा गायक जोसेफ शाही ठकुरी र भ्वाइस अफ नेपालमा ‘पियारी’ गीत गाएर चर्चा बटुलेका धर्मेन्द्र सुनारले ‘जिन्दगीले घुमायो’ बोलको गीत सार्वजनिक गरेका छन्। 

गायक शाहीको अफिसियल युट्युब च्यानलबाट आइतबार गीतको भिडियो सार्वजनिक गरिएको हो।

गीतको शब्द गायक जोसेफले नै लेखेका हुन्। गीतमा करणराज कार्कीको संगीत र देवेश राईको संगीत संयोजन छ। ए वन म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको गीतको ध्वनि सम्पादन किशोर थापाले गरेका छन्।

गीतको भिडियोमा रत्न डंगोल, राजिन आचार्य, रामबाबु रेग्मी र रचना गौतमको अभिनय छ। 

वसन्त कुँवरको छायांकन रहेको गीतमा बलभद्र कुँवरको सम्पादन तथा गीतको भिडिओमा श्याम कुँवरको रङ्ग संयोजन छ। 

सिम भन्ज्याङ्गका विभिन्न स्थानहरूमा छायांकन गरिएको गीतको भिडियो निर्देशन गौरव गिरीले गरेका हुन्।

पछिल्लो समय लोकप्रिय बनेको ‘पियारी’ गीतका गायक जोसेफ र धर्मेन्द्रको यो पहिलो सहकार्य हो। 

गीतमा सबै थोक गुमाएर पनि जिउने आत्मबल नगुमाएको एक्लो पात्रको कहानी समेटिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad