ad ad

कला


चिनियाँ कम्युनिस्ट पार्टीमा आवद्ध हुन चाहन्छु भनेपछि ज्याकी चानको विरोध

चिनियाँ कम्युनिस्ट पार्टीमा आवद्ध हुन चाहन्छु भनेपछि ज्याकी चानको विरोध

ज्याकी चान


नेपालखबर
असार २९, २०७८ मंगलबार १७:५४,

विश्व प्रसिद्ध कलाकार ज्याकी चानले चिनियाँ कम्युनिस्ट पार्टीमा आवद्ध हुने इच्छा व्यक्त गरेपछि उनको आलोचना भएको छ।

चिनियाँ सामाजिक संजाल विबोमा चानको विरोध भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

ज्याकी चानले श्रीमतीलाई धोका दिएको र उसका छोराले लागुपदार्थ सेवन गर्ने गरेको कारण चान कम्युनिस्ट पार्टीको सदस्य बन्न योग्य नभएको सामाजिक संजाल प्रयोगकर्ताको भनाइ छ।

चाइना फिल्म एसोसियसनले गत बिहीबार आयोजना गरेको कार्यक्रममा ज्याकी चानले आफूलाई चिनियाँ हुनुमा गर्व लागेको बताएका थिए।

उनले आफ्नो मन्तव्यका क्रममा आफू चिनियाँ कम्युनिस्ट पार्टीमा आवद्ध हुन लालाहित भएको उल्लेख गरेका थिए। 

कम्युनिस्ट पार्टीले सोचेको र वाचा गरेको कुरा पुरा भएको देखेर आफूलाई पनि राजनीतिमा आउने इच्छा भएको उनको भनाइ थियो।

चानको भनाइले उनका पश्चिमा राष्ट्रका फ्यानहरु पनि उनीसँग रुष्ट बन्ने अनुमान गरिएको छ। किनभने बेलायत, अमेरिका लगायतका मूलुकले चिनियाँ कम्युनिस्ट पार्टीलाई मन पराउँदैनन्। एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .