ad ad

कला


के फातिमासँगको प्रेमका कारण आमिर र किरणबीच सम्बन्धविच्छेद भएको हो?

के फातिमासँगको प्रेमका कारण आमिर र किरणबीच सम्बन्धविच्छेद भएको हो?

फातिमा, आमिर र किरण


नेपालखबर
असार २१, २०७८ सोमबार १५:१३,

बलिउड अभिनेता आमिर खान र किरण रावले गत शनिबार आफूहरुले सम्बन्धविच्छेद गर्ने घोषणा गरेका छन्।

खान र राव दुवैले एक बयान जारी गर्दै आफूहरु १५ वर्षको वैवाहिक सम्बन्ध अन्त्य गर्न राजी भएको जानकारी दिएका हुन्।

संयुक्त बयानमा आमिर र किरणले जीवनको नयाँ अध्याय सुरुवात गर्न चाहेको बताएका थिए, त्यसबाहेक उनीहरुले केही कारण खुलाएका छैनन्। उनीहरु अलग हुँदा नै खुशी हुने निष्कर्षमा पुगेका हुन्।

उनीहरुले सम्बन्धविच्छेद भएता पनि सह–अभिभावकको रुपमा छोरा आजाद राव खानको पालनपोषण गर्ने र परिवारकै रुपमा आगामी प्रोजेक्ट र समाज सेवा अगाडि बढाउने जनाएका छन्।

५६ वर्षका आमिर र ४७ वर्षकी रावबीच सन् २००१ मा चर्चित चलचित्र ‘लगान’को सेटमा भेट भएको थियो। 

सन् २००५ मा उनीहरुले विवाह गरेका थिए। त्यस अगाडि पनि आमिर खानले पहिलो विवाह गरिसकेका थिए।

सन् १९८६ मा आमिरले रिना दत्तसँग पहिलो विवाह गरेका थिए। उनीहरुको वैवाहिक सम्बन्ध सन् २००२ मा टुंगिएको थियो।

फातिमासँग अफेयरको चर्चा

आमिर खानले किरण रावसँग सम्बन्धविच्छेद गरेको खबरसँगै यतिबेला दंगालकी अभिनेत्री फातिमा साना सेख ट्विटरको ट्रेन्डिङमा आएकी छिन्।

आमिर खानसँग जोडेर फातिमाको चर्चा सुरुवात भएको हो। ट्विटर तथा फेसबुकमा फातिमासँगको अफेयरकै कारण आमिर र किरणबीच सम्बन्धविच्छेद भएको चर्चा सुरुवात भएको छ।

When Aamir Khan & Fatima Sana Shaikh's love affair upset Kiran Rao  [Throwback] - IBTimes India

सन् २०१६ मा रिलिज भएको चलचित्र ‘दंगल’ मा फातिमाले आमिरको छोरीको भूमिका निर्वाह गरेकी थिइन्। यो चलचित्र आमिर र किरणले निर्माण गरेका थिए।

सन् २०१८ को ‘थग्न अफ हिन्दुस्तान’ चलचित्रमा पनि आमिर र फातिमाले अभिनय गरेका थिए। सो चलचित्रमा आमिरले कट्रिना कैफलाई भन्दा बढी फातिमालाई अभिनयको भूमिका दिएको चर्चा चलेको थियो।

त्यसबेलादेखि नै आमिर र फातिमाले डेटिङ गरेको चर्चा हुँदै आएको छ। तर फातिमा र आमिरले यो विषयलाई अस्वीकार गर्दै आएका छन्।

उनीहरु डेटमा रहेको कुनै प्रमाण पनि नभेटिएको भारतीय संचारमाध्यममा जनाइएको छ।

तर सन् २०१९ को अफेयरको चर्चालाई मध्यनजर गर्दै यतिबेला आमिर र किरणको सम्बन्धविच्छेद हुनुमा फातिमालाई दोष दिन थालिएको छ।

उनीहरुले आमिर र किरणको सम्बन्धविच्छेदको विषयमा धारण राख्दै ह्यासट्याग फातिमा भनेर लेख्न थालेका छन्।

फातिमाले आमिरसँगको अफेयर हल्ला भएको सन् २०१९ मै बताउँदै यस्ता हल्लाले आफूलाई तनाव हुने गरेको बताएकी थिइन्। एबीपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .