ad ad

कारोबार


इन्स्टा र फेसबुकमा विज्ञापन बढ्दा मेटाले ३ महिनामै कमायो ३९ अर्ब डलर

इन्स्टा र फेसबुकमा विज्ञापन बढ्दा मेटाले ३ महिनामै कमायो ३९ अर्ब डलर

नेपालखबर
साउन १७, २०८१ बिहिबार १३:५९, काठमाडौँ

सामाजिक सञ्जाल इन्स्टाग्राम र फेसबुकमा विज्ञापन बढेको छ। मातृकम्पनी मेटाका अनुसार कम्पनीले जुनसम्मको ३ महिनामा ३९ अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी भएको हो। 

अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो २२ प्रतिशत बढी हो। आम्दानी बढेसँगै मुनाफामा पनि वृद्धि भएको छ। साढे १३ अर्ब अमेरिकी डलर मुनाफा भएको कम्पनीले जनाएको छ। आफ्नो एआई परियोजनामा उच्च लगानीका बाबजुद नाफा बढेको हो। 

भर्खरै मात्र कम्पनीले अमेरिकी राज्य टेक्ससलाई १.४ अर्ब डलर भुक्तानी गर्न सहमति जनाएको थियो। प्रयोगकर्ताको फेसियल डेटा र अन्य सूचना अनुमतिविनै जम्मा गरेको आरोपमा उक्त जरिवाना गरिएको थियो। 

मेटाका मालिक मार्क जुकरबर्गले उक्त ३ महिना बलियो व्यवसाय रहेको बताए। यो वर्षको अन्त्यसम्म आफ्नो एआई सहयोगी सबैभन्दा धेरै प्रयोग हुने समेत उनले दाबी गरेको बीबीसीले जनाएको छ। 

मेटासँग ७० हजार ७९९ कर्मचारी छन्। २०२२ मा कम्पनीको यस्तो कार्यशक्ति ८७ हजार थियो। बीबीसीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .