ad ad

कारोबार


सीवाईसी लघुवित्त र इस्टर्न हाइड्रोका लगानीकर्ताले कमाए

सीवाईसी लघुवित्त र इस्टर्न हाइड्रोका लगानीकर्ताले कमाए

नेपालखबर
मंसिर २८, २०७९ बुधबार १५:८, काठमाडौँ

सेयरबजार आज पनि ओरालो लागेको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से २.६२ अंकले घटेर १८९७.०८ विन्दुमा पुगेको हो। 

बुधबारको कारोबारमा २४६ कम्पनीको १६ हजार ६ सय ७७ पटकको कारोबारमा २० लाख ८७ हजार कित्ता सेयर किनबेच भएको हो। 

यो भनेको ७२ करोड ७८ लाखको कारोबार हो। 

सूचक घटे पनि दुईवटा कम्पनीका सेयरधनीले भने कमाएका छन्। सीवाईसी लघुवित्त र इस्टर्न हाइड्रोपावरका सेयरधनीले १० प्रतिशत आम्दानी गरेका हुन्। 

आज पिपल्स हाइड्रोपावरका लगानीकर्ताले भने १० प्रतिशत गुमाएका छन्। सेयरबजारमा नेपाल टेलिकमको ५ करोड ३९ लाखको सर्वाधिक कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .