कारोबार


घट्यो सुनको मूल्य, चाँदी पनि ५ रुपैयाँ सस्तो

घट्यो सुनको मूल्य, चाँदी पनि ५ रुपैयाँ सस्तो

नेपालखबर
भदौ ७, २०७९ मंगलबार ११:२६, काठमाडौँ

सुन र चाँदीको मूल्य आज घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३ सय र चाँदी ५ रुपैयाँले सस्तो भएको हो। 

मंगलबार छापावाल सुन ९५ हजार रुपैयाँ प्रतितोला र तेजाबी सुन ९४ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छ। त्यस्तै चाँदी पनि १ हजार १ सय ६० रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको छ। 

अघिल्लो दिन छापावाल सुन ९५ हजार ३ सय, तेजाबी सुन ९४ हजार ८ सय र चाँदी १ हजार १ सय ६५ रुपैयाँमा कारोबार भएका थिए। 

उता अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔँस २.०१ अमेरिकी डलरले बढेर १ हजार ७ सय ३७ डलर हाराहारीमा कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .