कारोबार


खाद्य र पोषणको क्षेत्रमा काम गर्न अमेरिकाले नेपाललाई दियो डेढ करोड डलर सहयोग

खाद्य र पोषणको क्षेत्रमा काम गर्न अमेरिकाले नेपाललाई दियो डेढ करोड डलर सहयोग

फाइल तस्बिर


नेपालखबर
भदौ ६, २०७९ सोमबार १६:५३, काठमाडौँ

संयुक्त राज्य अमेरिकाले नेपाललाई १५ मिलियन अर्थात् डेढ करोड अमेरिकी डलर सहयोग उपलब्ध गराएको छ। 

अमेरिकाले विश्व खाद्य संकटलाई सम्बोधन गर्न घोषणा गरेको २ अर्ब ७६ करोड अमेरिकी डलरकै हिस्साअन्तर्गत अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी संस्था (यूएसआईडी) ले उक्त सहयोग उपलब्ध गराउने भएको हो। 

रुसले युक्रेनमाथि आक्रमण गरेपछि सिर्जना भएको विश्व खाद्य संकटको जोखिममा पर्ने जनसंख्यालाई सहयोग गर्न उक्त सहयोग दिइएको उल्लेख गरिएको छ। 

अमेरिकी राष्ट्रपति जो बाइडेनले जर्मनमा भएको जी७ राष्ट्रका नेताहरुको सम्मेलनमा उक्त थप सहयोगको प्रतिबद्धता गरेका थिए। त्यसमा विश्व खाद्य सुरक्षालाई सम्बोधन गर्न जी७ नेताहरुबीच सहमति भएको थियो। 

नेपालमा बढ्दो मूल्यवृद्धि र खाद्य अभावको चपेटामा परेका मानिसलाई यसले सहयोग गर्ने बताइएको छ। उक्त सहयोग रकमले साना फार्महरुलाई स्थानीयस्तरमै धेरै खाद्यान्न उत्पादन गर्नदेखि गर्भवती महिलादेखि ५ वर्षमुनिका बालबालिकाका लागि पोषणयुक्त खाद्यान्नमा सहयोग पुग्ने बताइएको छ। 

यूएसएआईडी नेपाल मिसनका कार्यवाहक निर्देशक बेथ होगनले यसले नेपालको कृषि क्षेत्र र किसानका मललगायतका समस्याको समाधानमा सहयोग पुग्ने बताइन्। 

यो रकम यूएसएआईडीले नेपाल सरकारसँग मिलेर यो रकम खर्च गर्नेछ। अमेरिकाले विश्व खाद्य सुरक्षाका लागि ७ अर्ब ६० करोड डलर उपलब्ध गराइसकेको उल्लेख गरेको छ। अमेरिकाले ४७ देशलाई यस्तो सहयोग उपलब्ध गराइरहेको छ। त्यसमा नेपाल पनि पर्छ।     

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .