ad ad

कारोबार


‘होटल एलिस द वन्डर इन’ अर्को महिनादेखि सञ्चालनमा आउने

‘होटल एलिस द वन्डर इन’ अर्को महिनादेखि सञ्चालनमा आउने

नेपालखबर
भदौ २, २०७९ बिहिबार १२:२६, काठमाडौँ

होटल एलिस द वन्डर इन सञ्चालनमा आउने भएको छ। 

इमर्जिङ्ग नेपालको लगानीमा निर्माणकार्य भइरहेको होटल एलिस आगामी महिनादेखि सञ्चालनमा आउने भएको हो।

कर्णाली प्रदेशको हुम्ला जिल्ला सिमिकोटस्थित निर्माण भएको होटल होटल एलिस ख्यातिप्राप्त धार्मिक स्थल मानसरोवर जाने प्रवेशद्वारमा पर्दछ। 

हुम्ला आफैँमा पर्यटकीय स्थल रहेकाले पर्यटनको लागि रमणीय स्थलहरु छन्। पर्यटकीय दृष्टिकोणले निकै रमणीय रुमामा रहेकोले आन्तरिक तथा बाह्य पर्यटकको लागि अति नै लोभलाग्दो दृश्य रहेको छ। 

होटलले आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि विभिन्न ट्राभल एजेन्सीहरुमार्फत व्यक्तिगत, कर्पाेरट प्याकेज सहितको सेवा प्रदान गर्ने जनाएको छ। 

मानसरोवर जाने तीर्थयात्रीहरुको लागि हुम्लाको सिमिकोट प्रवेशद्धार भएकाले धार्मिक पर्यटन प्रबद्र्धनमा होटलले महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको जनाएको छ। 

होटल पर्यटन र पारिवारिक जमघटको लागि अति उपयुक्त र रमणीय वातावरणमा सञ्चालन भएकाले पर्वतीय पर्यटन विकासमा कोशेढुंगा हुने होटलले विश्वास लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .