मारुती सिमेन्ट लिमिटेडको आम्दानी बढेको छ। सन् २०२१ मा कम्पनीले ६ अर्ब ८६ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको हो।
कम्पनीले सन् २०२० मा ५ अर्ब ६३ करोड १० लाख रुपैयाँ कमाएको थियो। कोभिडका कारण त्यतिबेला कम्पनीको आम्दानी घटे पनि सन् २०१९ मा भने कम्पनीले ७ अर्ब ५० करोड ४० लाखको आम्दानी गरेको थियो।
सन् २०२१ मा बढेको आम्दानीले कम्पनीको कारोबारमा वृद्धि भएको देखाएको छ। कम्पनीको कर, ब्याजलगायत अगाडिको नाफा मार्जिन पनि २२.२९ प्रतिशत पु¥याएको छ। सन् २०२० मा यस्तो मार्जिन २१.९८ प्रतिशत थियो।
सन् १९९४ अक्टोबर ३१ मा स्थापना भएको कम्पनीलाई अहिलेको व्यवस्थापनले सन् २००५ मा लिएको थियो। यसको व्यवस्थापन हाल राठी ग्रुप र गोयल ग्रुप अफ कम्पनिजमा आबद्ध उद्योगीहरुले सम्हालिरहेका छन्। कम्पनीका सबै सेयर प्रवर्द्धकहरुले नै लिएका छन्। कम्पनीले सिमेन्ट र क्लिंकरको उत्पादन र बिक्री गर्दै आएको छ।
दैनिक १५ सय मेट्रिक टन क्लिंकर उत्पादन क्षमता रहेको कम्पनीको दैनिक २ हजार मेट्रिक टन ग्रिन्डिङ क्षमता छ। कम्पनीको उद्योग सिरहाको मिर्चैयामा रहेको छ।
प्रतिक्रिया