ad ad

कारोबार


उपाय सिटी कार्गोले सुरु गर्‍यो ‘फुलफिलमेन्ट सर्भिस’, एकैसाथ धेरै ठाउँमा सामान डेलिभरी गर्न सकिने

उपाय सिटी कार्गोले सुरु गर्‍यो ‘फुलफिलमेन्ट सर्भिस’, एकैसाथ धेरै ठाउँमा सामान डेलिभरी गर्न सकिने

नेपालखबर
साउन १९, २०७९ बिहिबार ११:५५, काठमाडौँ

लजिस्टिक कम्पनी उपाय सिटी कार्गोले आफ्नो सेवा विस्तार गर्ने क्रममा नयाँ ‘उपाय फुलफिल्मेन्ट सर्भिस’ बजारमा ल्याएको छ। 

नेपालभर सानादेखि ठूला व्यापार तथा साधारण ग्राहकलाई समेत सेवा प्रदान गरी ढुवानी क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाउने लक्ष्यसाथ यही १८ देखि उक्त सर्भिस सुरु गरेको हो। 

 कम्पनीले ‘उपाय अन डिमाण्ड’ र ‘मेरो उपाय’ जस्ता सेवाहरुको सफलतापछि तेस्रो सर्भिसको रुपमा उपाय फुलफिल्मेन्ट सर्भिसलाई ल्याएको जनाएको छ।
   

‘नेपालमा व्यापारिक तथा निजी प्रयोजनका लागि सस्तो अनि भरपर्दो ढुवानी सेवा प्रदायकको ठूलो माग छ’, उनले भने, ‘सोही मागको पूर्ति गर्दै आएको उपाय सिटी कार्गोले आफ्नो नयाँ ‘उपाय फुलफिल्मेन्ट सर्भिस’अन्तर्गत एकै साथ धेरै ठाउँमा सामान डेलिभरी गर्न सकिन्छ।’ 

यो सेवा प्रदान गर्न उपायले रुट प्लानिङ सिस्टमको प्रयोग गर्ने भएकाले ढुवानीमा लाग्ने समय र पैसा दुवैको बचत हुने कम्पनीले जनाएको छ।

‘यसको सोझै फाइदा ग्राहकलाई कम ढुवानी शुल्क र छिटो सामान डेलिभरीमार्फत पर्न जान्छ’, कम्पनीले दाबी गरेको छ।  

रुट प्लानिङ सिस्टमले सामानको डेलिभरी गर्नुपर्ने ठाउँअनुसार प्याकेजलाई छुट्याउने र सोहीअनुरूप डेलिभरी हुने कम्पनीले जनाएको छ। 

उपाय फुलफिल्मेन्ट सर्भिसमार्फत एकैसाथ धेरै सामानको पिकअप, सोर्टिङ र बन्ड्लिङ, र डेलिभरी गर्न सकिने कम्पनीको भनाइ छ। 

‘यो सर्भिस खासगरी यस्तो व्यापारलाई उपयुक्त हुन्छ जसले निरन्तर रुपमा धेरै सामानको एक्कै साथ फरक फरक ठाउँमा डेलिभरी अथवा पिकअप गर्नुपर्ने हुन्छ’, कम्पनीले भनेको छ, ‘यसका साथै ग्राहकको सहजताको लागि उपाय सिटी कार्गोको आफ्नै मोबाइल एप छ जसबाट ग्राहकले आफूलाई सहज हुने माध्यममार्फत सजिलै भुक्तानी गर्न सक्छन्।’ 

उपाय फुलफिल्मेन्ट सर्भिसले ग्राहकहरुलाई सम्पूर्ण ढुवानी सेवासँग सम्बन्धित सबै सेवा एक्कै ठाउँबाट प्रदान गर्छ। यो सेवालाई थप विस्तार गरी उपायले आगामी दिनमा नेपालका ३०० सहरमा आफ्नो डेलिभरी सेवा पुर्याउने योजना लिएको उपाय सिटी कार्गोका एमडी सुमन रायमाझीले बताए।

उपायको फुलफिल्मेन्ट सर्भिसले काठमाडौंमा साना वस्तुहरूको लागि सुविधाजनक र किफायती डेलिभरी सेवाहरू प्रदान गरिरहेको छ। यो सेवा काठमाडौंभित्र आफ्नो सामान डेलिभरी गर्न डेलिभरी सेवा खोज्ने ग्राहकहरूलाई उपयोगी हुनसक्छ।

'उपाय फुलफिल्मेन्ट सर्भिस'मार्फत ग्राहकले आफ्नो सामानलाई फुलफिल्मेन्ट सेन्टरमा पनि राख्न सक्नेछन्। 

‘यो सेवा यदि तपाईं काठमाडौंमा अनलाइन व्यवसाय गर्दै हुनुहुन्छ अनि तपाईं सबैभन्दा राम्रो, भरपर्दो, र सस्तो डेलिभरी पार्टनर खोज्दै हुनुहुन्छ भने, उपाय फुलफिल्मेन्ट तपाईको लागि हुनसक्छ’, कम्पनीका निर्देशक सन्दिप सुवेदीले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .