कारोबार


विद्युत् कटौतीले वीरगन्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा

विद्युत् कटौतीले वीरगन्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा

नेपालखबर
असार ६, २०८२ शुक्रबार ५:८, पर्सा

वीरगन्ज पथलैया क्षेत्रका उद्योगीरव्यवसायीले अघोषित रुपमा हुँदै आएको विद्युत् कटौतीको समस्याले उद्योगधन्दा सञ्चालनमा समस्यामा परेको गुनासो गरेका छन्। वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले औद्योगिक करिडोरमा दैनिक औसतमा आठ घण्टाभन्दा धेरै विद्युत् कटौती हुँदै आएको आरोप लगाए।

‘बारा पर्सा औद्योगिक करिडोरमा विद्युत् आपूर्तिमा समस्या छ । औसत दिनको आठ घण्टा अघोषित विद्युत् भार कटौतीको सामना गर्दै आएका छौँ’, उनले भने, ‘यहाँ दिनको १०–१२ पटक ट्रिपिङ हुन्छ । जसले गर्दा यस क्षेत्रका उद्योगले आफ्नो क्षमताको ३०र३५ प्रतिशत उत्पादन मात्र गर्न सकेका छन्।’

अध्यक्ष गौतमले २०७५ सालमा औद्योगिक क्षेत्रको विद्युत् भार कटौतीमुक्तको घोषणा गरी नेपालभरि हर्षोल्लास मनाइएको छ–सात वर्ष नबित्दै पुनःपूर्ववत् अवस्था झैँ विद्युत् भार कटौती हुन थालेपछि उद्योगीरव्यवसायीलगायत सर्वसाधारणमाझ चिन्ता बढेको प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन्।

‘यस क्षेत्रमा सिमेन्ट, फलाम र स्टिल, पशु दाना, खाद्यान्न, औषधि, चुरोट आदिसहित करिब एक हजार २०० उद्योग छन् । उद्योगका लागि विद्युत् कच्चा पदार्थ हो । विद्युत् नभई उद्योग सञ्चालन हुन सक्दैन । यस क्षेत्रमा सहज विद्युत् आपूर्ति नभएकाले त्यसको असर मुलुकको अर्थतन्त्रमा नै नकारात्मक रूपमा परिरहेको छ’, अध्यक्ष गौतमले भने। 

सङ्घले विद्युत् आपूर्तिमा भएको हेलचेक्र्याइँका कारण उद्योग प्रतिष्ठानको करोडौँ रकमको औद्योगिक उपकरण खराब भइरहेको दाबी गरेको छ। 

नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेश दुबेले माग र आपूर्तिबिच सन्तुलन नहुँदा केही समय कटौती भए पनि उद्योगीरव्यवसायीले भनेजस्तो आठ घण्टा नै विद्युत् भार कटौती नभएको दाबी गरे।

‘अत्यधिक गर्मीले माग र आपूर्तिबिच तालमेलमा केही समस्या छ”, उनले भने, “सो समस्या समाधानका लागि आवश्यक प्रयास गरिरहेका छौँ।’ यो करिडोरमा दैनिक औसतमा ३०० मेगावाट विद्युत् आवश्यक पर्ने बताइन्छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad