कारोबार


सरकारले उखुको मूल्य तोके पनि शेख इस्तियारले छाडेनन् आमरण अनशन, स्वास्थ्य अवस्था गम्भीर

सरकारले उखुको मूल्य तोके पनि शेख इस्तियारले छाडेनन् आमरण अनशन, स्वास्थ्य अवस्था गम्भीर

नेपालखबर
पुस ५, २०८० बिहिबार १०:५०, काठमाडौँ

विगत चार दिनदेखि आमरण अनशनमा बसेका सर्लाहीका एक किसानले सरकारले निर्धारण गरेको उखुको मूल्यलाई अस्वीकार गरेका छन्।

यस वर्षको लागि उखुको मूल्य प्रतिक्विन्टल ७५० कायम गर्न माग गर्दै गएको सोमबार बिहानदेखि हरिवनस्थित इन्दु शंकर चिनी उद्योगको मुल गेटमा आमरण अनशन बसेका शेख इस्तियारले सरकारले निर्धारण गरेको उखुको मूल्य न्यायोचित नभएको भन्दै आमरण अनशन जारी राखेका हुन्।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले चालु क्रसिङ सिजनका लागि उखुको समर्थन मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ कायम गर्ने निर्णय गरेको थियो। 

सरकारले निर्धारण गरेको मूल्य किसानको हितमा नभएको भन्दै इस्तियारले आमरण अनशन छाड्न नमानेका हुन्। 

चार दिनदेखि आमरण अनशनमा बसेका इस्तिहारको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। उनलाई दुई दिनदेखि अनशन स्थलमै सलाइन पानी दिएर राखिएको छ। 

माओवादी केन्द्रका स्थानीय नेतासमेत रहेका इस्तियारले आमरण अनशन छाड्न नमानेका उखु किसान आन्दोलनका अगुवासमेत रहेका माओवादी केन्द्र हरिवनका नगर सचिव गौरी महतोले जानकारी दिए। 

मधेश प्रदेशका कृषि र उर्जा मन्त्रीले बुधबार अनशन स्थलमै पुगेर इस्तियारलाई भेटेका थिए। उनलाई भेट्न आज दिउँसो मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादव पनि आउन लागेका महतोले बताए। 

इस्तियारले उठाएका केही माग प्रदेश सरकारसँग सम्बन्धित भएकाले प्रदेश सरकारले पनि उनका मागप्रति चासो देखाएका हुन्। 

चिनीको बिक्री मूल्यको आधारमा उखुको मूल्य प्रतिक्विन्टल ७५० कायम गरिनुपर्ने, मूल्य अभिवृद्धि कर बापत किसानलाइ दिने भनिएको बक्यौता रकम सरकारले तुरुन्त भुक्तानी गर्नुपर्ने, उखु खेतीमा अनुदान र उखु बेचेपछि तुन्तै भुक्तानी गरिनुपर्ने, उन्नत जातको बिउको व्यवस्था, कृषियोग्य जमिनमा सिंचाइको व्यवस्था, उखु खेती गर्न आवश्यक मलखादको प्रवन्ध गर्नुपर्ने लगायतका माग उनले अघि सारेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .