ad ad

कारोबार


सिमरा सेजमा २५ नयाँ उद्योगले पाए सञ्चालन अनुमति

सिमरा सेजमा २५ नयाँ उद्योगले पाए सञ्चालन अनुमति

नेपालखबर
भदौ १२, २०८० मंगलबार ९:२०, बारा

बाराको सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा २५ वटा नयाँ उद्योगले सञ्चालन अनुमति पाएका छन्।

सिमरा सेजको ‘ए’ ब्लकमा २५ वटा उद्योगले सञ्चालनको लागि अनुमति पत्र प्राप्त गरेका विशेष आर्थिक क्षेत्र प्राधिकरण कार्यालय सिमराले जनाएको छ। 

अनुमति पाउने २५ उद्योगमध्ये चारवटाले विशेष आर्थिक क्षेत्र प्राधिकरणसँग सम्झौता गरेर भौतिक पूर्वाधार निर्माणको कामसमेत सुरु गरिसकेका सेजले जनाएको छ।

सिमरा सेजमा उद्योग सञ्चालन गरेबापत प्रति स्क्वायर फिट जग्गाको १० रूपैयाँका दरले भाडा तिर्नुपर्छ। अनुमति लिएका उद्योगहरूले अनुमति प्राप्त गरेको मितिदेखि एक सय २० दिन भित्रमा उद्योगका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गरिसक्नु पर्ने प्रावधान रहेको सिमरा सेजका प्राविधिक आनन्द भट्टले जानकारी दिए।

अनुमति पाएका उद्योगहरूको भौतिक पूर्वाधार निर्माणमा पाँच अर्ब ७५ करोड लगानी हुने अनुमान गरिएको छ।

ती उद्योग सञ्चालनमा आएँदा २९ सयभन्दा बढीले रोजगारी पाउने छन्। सेजका ५ ब्लकमध्ये उद्योग सञ्चालनको लागि गत वर्ष तयार भएको ‘ए ब्लक’ मा रहेका ६८ वटा टुक्रामा दुई वर्षभित्र कारखाना सञ्चालन गर्ने सर्तमा उक्त उद्योगहरूले अनुमति पाएका सेज कार्यालय सिमराले जनाएको छ।

सेजमा हालसम्म मनराम हिमालयन ह्याण्डीक्राप्ट, बागमती आटर्स, एभरेस्ट फेसन, बालाजी मेनुफेक्चरिङ, नर्थ वेस्ट इन्डष्ट्रिज, पशुपति सेरामिक्स, केम्याक्स हिमालयन प्रालि लगायतका उद्योग सञ्चालनको तयारीमा छन्।

सेजमा रहेका उद्योग पूर्ण रूपमा सञ्चालनमा आए वार्षिक २४ अर्ब ५५ करोड रुपैयाँ बराबरको सामग्री विदेश निर्यात हुने अनुमान गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .