कारोबार


कोसीका कर्मचारीको तलब पनि संघ सरह नै वृद्धि, खाजा खर्चलाई निरन्तरता

कोसीका कर्मचारीको तलब पनि संघ सरह नै वृद्धि, खाजा खर्चलाई निरन्तरता

नेपालखबर
असार १, २०८३ सोमबार १८:१०, काठमाडौँ

कोसी प्रदेशका कर्मचारीको पनि संघ सरकारकै कर्मचारीको सरह हुने गरी तलब बढाइने भएको छ। यससँगै कोसीका कर्मचारीले प्रोत्साहन भत्ता पनि सोही अनुसार पाउने भएका छन्। 

गत जेठ १५ गते संघीय सरकारले सरकारी कर्मचारीको तलब र प्रोत्साहन भत्ता गरेर २१ प्रतिशत वृद्धि गरेको थियो। अब कोसीका कर्मचारीको तलब भत्ता पनि त्यहि अनुसार बढ्ने भएको हो।

कोसी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले सोमबार प्रदेश सभा बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नेपाल सरकारले राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि र प्रोत्साहन भत्ताको व्यवस्था गरे अनुसार प्रदेश निजामती सेवामा कार्यरत कर्मचारीको तलब वृद्धि र प्रोत्साहन भत्ताको प्रबन्ध मिलाएको बताएका हुन्।  

यस्तै, प्रदेशमा कार्यरत कर्मचारीलाई उपलब्ध गराइएको खाजा खर्चलाई निरन्तरता दिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad