कारोबार


हार्डवेयर पसलमा आगलागी, ९० लाख बराबरको क्षति

हार्डवेयर पसलमा आगलागी, ९० लाख बराबरको क्षति

नेपालखबर
मंसिर १९, २०८२ शुक्रबार ११:२०, विराटनगर

झापाको एक हार्डबेयर पसलमा आगलागी हुँदा ९० लाख रुपैयाँ बराबरको क्षति भएको छ।

अर्जुनधारा नगरपालिका–८ रातोपुलमा रहेको सन्तोष साहुको हार्डवेयर पसलमा गएराति आगलागी भएकाे प्रहरीले जनाएको छ।

दुईतले पक्की घरको भुइँतलामा रहेको दुईवटा सटरभित्रको हार्डवेयर पसलमा बिद्युत सर्ट भएर आगलागी भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।

आगलागीपछि अनारमनीबाट खटिएको प्रहरी टोली, स्थानीय बासिन्दा, बिर्तामोड, भद्रपुर तथा मेचिनगर नगरपालिकाका दमकलको सहयोगमा राति १० बजेतिर आगाे नियन्त्रणमा आएको थियो।

आगोले पसलभित्र रहेको सिमेन्ट, टिनका बण्डल, कलर पेन्ट, पुट्टीङ, झ्याल–ढोका तथा भर्याङमा प्रयोग हुने एलुमिनियम, प्लाइवुडसहितका अन्य हार्डवेयर सामग्री जलेर नष्ट भएको छ।

प्रहरीका अनुसार, आगलागीबाट  करिब ९० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ। घटनामा मानवीय तथा चौपायामा क्षति नभएको र आगलागीसम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad